स्वास्थ्य मन्त्रालय आफैले एउटा विरामीको परामर्श शुल्क दश हजार रूपिया लिन्छ तर नेपाल मेडिकल एसोसिएशनले २ सय बढायो भने रीस गर्छ । कसरी ?
’जनतालाई भ्रम प¥यो’ भन्दै हिड्ने स्वास्थ्य मन्त्रालयले कसरी नेपाली जनतालाई मर्न वाध्य पारिरहेको छ ?
स्वास्थ्य मन्त्रालयले कसरी व्यापारीहरूलाई माया गर्छ , डाक्टरहरूको लाइसेन्स खारेज गर्छु भन्दै हिड्छ ?
आदी इत्यादी ।
नोट : मन्त्रालयका राम्रा काम पनि धेरै छन् । त्यसको लेखाजोखा पनि कुनै दिन गर्नुपर्छ । तर दिर्घकालिन रुपमा नराम्रो कामहरूको केही अंश यस पत्रमा छन ।
आदरणीय सर नमस्कार ।
चिठी लेखेर हुलाक मार्फत पठाँउ भने रिटायर भए पछी पुग्ला कि भन्ने चिन्ताले यो लेख मार्फत लेख्ने प्रयास गरें । यो पत्र सरलाई गालि गर्न, व्यक्तिगत रुपमा आक्रमण गर्न वा कुनै प्रकारको प्रतिशोध साध्न लेखिएको हैन । कृपया अन्यथा नलिइदिनु होला । स्वास्थ्य मन्त्रालयको प्रवक्ता, स्वास्थ्य क्षेत्रमा अहिलेको समयमा अलिकति प्रभाव राख्न सक्ने व्यक्ति र समग्र स्वास्थ्य मन्त्रालय कै प्रतिनिधि र एक कुशल वरिष्ट्र डाक्टरको रूपमा तपाईलाई यस पत्रमा ’व्याख्या’ गरिएको छ । कृपया त्यही अनुसार बुझिदिनु होला ।
प्रबक्ता भए देखिनै तपाई माथी ‘सस्ता सस्ता गाली गलौज’ हुदैं आएको कुराले कहिले काहीं दुख लाग्छ । कहिले काँही दया लाग्छ । कहिले काँही भने ‘छुच्चो बोल्ने’ले गाली नखाए कस्ले खान्छ त भने झैं पनि लाग्छ । हालका दिनमा तलब वृद्ध गर्ने नेपाल मेडिकल एसोसिएशनको निर्णय विपरित आएका तपाईका प्रतिक्रिया बजारमा चर्चामा आइरहेका छन् ।
जनतामा भ्रम पर्छ, जनतामा नराम्रो जान्छ भन्नु भएछ एकदम खुसी लाग्यो । सरकारमा बस्ने उच्च कर्मचारीले जनताको पक्षमा यसरी बोल्नु भनेको एकदम राम्रो हो । आज म यही ‘जनता’लाई नै केन्द्र विन्दुमा राखेर तपाईलाई केही प्रश्न गर्छु । डाक्टरको तलब बढ्नु पर्छ भन्ने कुरा यर्थाथ भए पनि त्यो कुरा गर्दिन आज ।
कुरा सुरु गरौं काठमाडौंको नजिकको जिल्ला धादिङ वा चितवन नजिकको गोरखा वा पोखरा नजिकको जिल्ला पाल्पा । ति जिल्लाका जिल्ला अस्पतालमा गाँउ गाँउबाट विरामी आए रे ? कोही कम उमेर मै प्रेसर बढेर आए । मेडिकल अधिकृतले कार्डियो र नेफ्रो परामर्श भनेर पठायो । क्राँनिक किडनी रोग कोहीका मृगौला बिग्रिएको भनेर पठायो । अत्याधिक टाउको दुखेर आयो न्यूरो परामर्श भनेर पठायो । अत्यधिक पेट दुखेर आयो प्यान्क्रियाजको सल्यक्रियाको लागि भनेर रिफर गरिन्छ । यस्ता त कति छन् कति ।
अब ति बिरामीहरु जाने भनेको कि काठमाडौं, कि चितबन, कि धरान कि पोखरा, यत्ति होइन । त्यहाँ गए पनि सरकारीमा बेड पाउने त्यस्तै हो भनेर निजि मै जाने हुन । कति त घर खेत नै बेचेर परामर्श गराउन हिडेका हुन्छन । त्यो विरामीले आफ्नो लागी कुरुवा बोकेर परामर्शसम्म पुग्नु भन्दा अगाडी नै गाडि भाडा, खाना, होटल गरेर कम्तिमा ५–१० हजार गुमाइ सकेको हुन्छ ।
त्यस्तो अवस्थामा मानौं तपाईले परामर्श शुल्क ८ सयबाट एसोसिएशनलाई पेलेरै भए पनि ५ सय बनाउनु भयो रे ? तर, त्यस्ता अधिकांश विरामीलाई के फरक प¥यो त ? जबकि मेडिकल अधिकृत मात्र दरबन्दि भएका नेपालका अधिकांस गाँउ र जिल्लामा एउटा परामर्श गराउन कम्तिमा १०–१५ हजार लाग्छ । लाग्ने स्थिति छ भने तपाईहरुले ‘२ सय रुपिँया बढायो भने जनतालाई मर्का पर्छ’ भनेर ठूलो कुरा गर्न सुहाउँछ ?
प्रश्न : यस्तो किन भयो होला प्रबक्ताज्यू ?
यस्तो हुनुको मूल कारण भनेको मन्त्रालयका ठूला कर्मचारी चाँही मन्त्रालयमा बसेर ठूलो कुरा गर्ने, डाक्टरलाई जेल हाल्छु भन्ने, लाइसेन्स खारेज गर्छु भन्ने तर आफू चाहीं हजार रुपियाँमा हुन सक्ने परामर्शलाई १५(२० हजार पर्ने वातावरण बनाइदिने । कर्मचारीहरूको यस्तै नालायकिपनको कारणले नेपाली जनता अकालमा मरेका छन् ।
प्रश्न : मन्त्रालयले कसरी जनताको ढाढ भाँचेको छ । कसरी नेपाली जनतालाई धोका दिएको छ । आखाँमा छारो कसरी हालेको छ ?
राजधानि बाहेका नेपालको अन्य ठाँउमा :
५० वर्षको मानिसलाई ब्लझष्ब भयो कोलोनोस्कोपी गर्नुको सट्टा आईरन चक्कि दिएर पठाइयो केही महिनापछी अब सिए काेलेनले म¥यो, त्यस्तै अधबैसे मानिसलाई पेट दुख्यो Angiogram को सट्टा प्यानटप दिएर पठाइयो भोलि एमआई ले म¥यो । एकदम टाउको दुखेको मानिसलाई सिटिको सट्टा सिटामोल दिएर पठाइयो भोलि रक्तस्राव स्ट्रोकले म¥यो । सरसरती सोझा साझा जनताले हेर्दा त गाँउ गाउमा के के न उपचार भयो तर त्यो उपचार नभई राज्यले जनताको हत्या गरेको हो । यस्तो किन हुन्छ भने राजधानी र केही सहरमा बाहेक परामर्शदाताहरू नै छैनन त परामर्शदाता कसरी हुन्छ ? पिजि सिध्याएर काठमाडौंमा महिनाको ४० हजारमा काम गरेर बसेका परामर्शदाताअत्याधिक संख्यमा हुँदा पनि गाँउमा एउटा कोलोनोस्कोपी गर्ने परामर्शदाता पनि किन छैन त ?
यसको मुख्य जिम्मेवार स्वास्थ्य मन्त्रालय हो । गाँउ गाँउमा २०(५० सालमा जति दरबन्दि थियो । अहिले पनि त्यही छ । लोकसेवामा नवौं (अलिकति छ त्यो पनि वर्षों देखी बन्द छ) दशौं र एघारौं तह खुला परामर्शदाताहरुलाई पूर्ण तया निशेध गरिएको छ ।
प्रबक्ताज्यू ,
काठमाडौंमा परामर्शदाता थुपारेर लोकसेवामा परामर्शदातालाई निशेध गरेर गाँउमा उपचार त परै जाओस स्क्रीनिंग पनि हुन नसक्ने अवस्था बनाएर दिन दहाडै ’उपचार भए बाच्न सक्ने जनतालाई’ सही उपचारबाट बन्चित गराई मार्ने ’निति’ बनाउने तपाईहरूको मन्त्रालयको नियतलाई कुन उपनामले बोलाउँदा ठीक होला ? अझ तपाईहरू नै कुन जनतालाई भ्रम हुन्छ भन्दै प्रेश विज्ञप्ति निकाल्दै हिड्नु हुन्छ ? त्यही सामान्य परामर्शदाता सेवा नपाएर अब अययिल को ठाँउमा आइरन चक्कि खादा खाँदै मरेको जनताको निम्ति हो ?
प्रश्न : बजारमा देश विदेशबाट आएका अब्बल अब्बल परामर्शदाता हुँदा हुदै लोकसेवामा प्रवेश किन नदिएको ?
किनभने निति निर्माण तहमा मन्त्रालयका कर्मचारीहरुको केही सोच नै कुहिएको छ । आफू हाकिम हुन पाईदैन, पछि आफू भन्दा अब्बल आयो भने आफू धेरै तल परिन्छ, आफूले मात्र खान पाउनु पर्छ । विभिन्न ठाँउमा मेडिकल सुपरिडेन्टेन्ट हुन पाइदैन भन्ने तपाईहरुको सोचले नेपाली जनताहरू अकालमा मरिरहेका छन् । दरबन्दि छैन, अर्थले स्विकृति दिएन, बजेट छैन, राज्यले धान्न सक्दैन भन्ने खालको तपाईहरू रटान नाटकै हो नौटङ्कि नै हो । ५०–६० अर्बको स्वास्थ्यको बजेटमा कम्तिमा ३० अर्बको वार्षिक भ्रष्ट्राचार र घोटाला राज्यले दशौं बर्ष देखि धान्न सक्छ भने नवौं र दौं तहमा लोकसेवा खोलेर श्रोत साधन सहित अयलकगतिबलतक परामर्शदातालाई गाँउ–गाँउ पठाउन राज्यले सजिलै धान्न सक्छ । यो त सब मन्त्रालयमा बसेका निकृष्ट सोच भएका जनतामारा कर्मचारीका कारण नभएको मात्र हो ।
अब तलब बढेको कुरा ।
जनताले अस्पताल आए पछी ओपिडि शुल्क , अनुसन्धान गरेको खर्च, बेड शुल्क, ओटि शुल्क, प्रक्रिया शुल्क लगायत आफूलाई गर्नुपर्ने कुराहरुको पैसा तिर्छ । तपाईहरुले अस्पतालको साहुजिले निर्धारण गर्ने अनुसन्धान, प्रक्रिया, बेडचार्ज, फार्मेसीको औषधीको मूल्य दिन दुई गुना रात चौगुना बढाउदा पनि चुइक्क बोलेको सुनिदैन ।
अस्पतालको मनलाग्दी मुल्यसूचि भएकाले जनताले डिस्चार्ज हुने बेलामा घरखेत नै बेच्नु पर्ने वाध्यता हुदां जनतालाई भ्रम भयो, मर्का प¥यो, जनता लुटिए भन्ने कहिल्यै पनि लागेन प्रवक्ताज्यू ? खालि डाक्टरले २ सय बढाउदाँ जनतामा भ्रम पर्छ जस्तो लाग्नेले मिर्गौला ठीक छ कि छैन भन्ने परीक्षण गर्नेको १६ सय पूरा रगत गणनाको एक हजार लिने कतिवटा अस्पताललाई कारवाही गर्नु भयो ? यसबाट तपाईहरूको नियत व्यापारीलाई पोस्ने र आफ्नै बिरामीका डाक्टरलाई शोस्ने र डस्ने निति प्रष्ट हुदैन र ? तपाई मन्त्रालयको प्रबक्ताकि व्यापारीको प्रबक्ता? यस्तो विषयमा तपाईका छुच्चा बचन कहिल्यै सुन्न पाइएन ।
त्यसैले जनतालाई झुक्याउन बन्द गर्नुहोस र गराउनुहोस । आफ्नो बिरामीका डाक्टरहरूलाई गालि गर्न छाडी देशको सेवा गर्ने मौका प्रदान गर्न सहजिकरण गर्नुहोस । प्रशस्त मात्रामा लोकसेवाको दरबन्दि खोल्न पहल गर्नुहोस । जनशक्ति र उपकरण सहितको टोलिलाई गाँउ गाँउ पठाउनुहोस ।
यी साना तिना परामर्श शुल्क जस्ता कुराहरुको जुंगाको लडाँइ लडेर बस्ने हो कि केही महान योगदान पनि दिने हो ? डा उपेन्द्र देवकोटा, डा अन्जनि कुमार शर्माले के लिएर गए त, तपाईले पनि के नै लिएर जानु हुन्छ र ? जानु त आखिर छ्दैं छ बाटो त सबको एउटै हो । यस्तो पदमा भएको बेलामा नेपाली जनतालाई, चिकित्सक पेशामा आबद्व भएका चिकित्सकलाई केही दिएर जानुहोस । भविष्यमा भावि पिडिले तपाईलाई प्रा. डा जागेश्वर गौतमको नामले चिनिरहने छन् । नकि विभिन्न उपनामले ।
केही तिता केही मिठा कुराहरू राखे, आवेश आक्रोशलाई नकारात्मक रूपमा नलिइदिनु होला ।
धन्यवाद ।