काठमाडाैं– सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि आफूलाई रोग नै हराए जस्तो भएको प्रतिक्रिया जनवादी समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले दिएका छन्।
हाल दिल्लीमा उपचार गराइरहेका उनले अस्पतालको शैय्याबाट तस्विसहितको भनाई सामाजिक सञ्जाल ट्विटरमा प्रस्तुत गरेका छन्।
उनले भनेका छन्, ‘कस्तो सुखद संयोग! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो! हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो!’