‘एउटा राजनीतिकर्मीले आगामी चुनावबारे सोच्छ । एउटा राजनेताले आगामी पुस्तावारे सोच्छ । एउटा राजनीतिकर्मीले आफ्नो पार्टीको सफलता चाहन्छ । एउटा राजनेताले आफ्नो देशको सफलता चाहन्छ । ’
तिनैमध्येका एक हुन् डा. बाबुराम भट्टराई ।
सामान्य राजनीतिकर्मी मात्रै होईन । एउटा विचारक भएको हिसाबले उनले अहिले प्रतिनिधिसभा सांसद कै रूपमा मात्रै बसेर शासकीय प्रणालीमा सुधार गर्न संविधान संसोधन लगाएतको मुद्दामा महत्त्तवपूर्ण भुमिका खेल्नुपर्छ । खेलिरहेका छन् ।
सर्बोच्च अदालतले गरेको फैसला संबिधानको मर्मअनुसार र ३ करोड जनताको हितमा राम्रो होला । तर केपी शर्मा ओलीको विकल्पमा पुष्पकमल दाहाल या माधबकुमार नेपाल या शेरबहादुर देउवा तिनै जना कदापि हुन सक्दैनन् ।
दल भित्र कै दोश्रो पुस्ताको नेतृत्व परिक्षण हुन जरूरी छ । नैतिकता र जबाफदेहिता नभएको बुढा नेताको नेतृत्वमा बन्ने सरकारले कुनै प्रतिफल दिदैन । संसदीय व्यवस्थाको विकल्पमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र सांसदहरू मन्त्री बन्न नपाईने गरी संविधान संसोधन गर्ने वातावरण मिलाउन पर्छ । डा.भट्टराई लगाएतको अग्रगामी सोच बोक्ने ब्यक्तिले अस्थिर राजनीतिको गोलचक्करमा लागेर समय बर्बाद गर्नु हुँदैन अहिले ।
प्रीय डा.बाबुराम भट्टराई !
घमण्ड र अहंकारले भरिएको घैटो त फुटेको छ । छिटो निको भएर आउनु यदि डा.भट्टराईले संसदको रोस्ट्रमबाट बारम्बार सत्तालाई खबरदारी नगरेको भए खड्गप्रसाद ओलीले सत्ता र शक्तिको दुरुपयोग अझै धेरै गर्ने थिए । हाल देशमा भैरहेको राजनीतिक संरचना जरैदेखि नियाल्ने बेला आएकै छ र ‘करेक्सन’ गर्ने ठाउँमा दबाब दिन कन्जुस्याइँ गर्न हुँदैन । दम्भी र स्व्च्छचारीको त करिब–करिब अन्त्य जस्तै भएको छ । तर अझै पदलोलुपहरु धेरै बाँकी छन । पदखोरहरुलाई पन्छाएर अधि बढ्नुपर्नेछ ।
आज लोकतान्त्रिक गणतन्त्र लाइनमा आएको छ । तर बिकास र समृद्धि यीनै पदखोरहरुबाट कत्ती सम्भब छैन । अबको प्रतिनिधि सभाबाट बन्ने सरकारको नेतृत्व अहिले कै पार्टीको दोस्रो पुस्ताका क्षमतावान युवाहरुले गरून् र आवधिक निर्वाचन पछि आर्थिक बिकास र समृद्धिको स्थिर सरकारको नेतृत्व डा.भट्टराईले गर्नुपर्छ ।
संसद पुनस्थापनाको फैसला गरेर न्यायालयले विधि र संविधानलाई सच्याउने काम गरेको छ । अब सबै राजनीतिक दलहरु मिलेर विधि र संविधानको बाटो हिडेर गणतन्त्र संघीयता र लोकतन्त्रलाई बलियो बनाउदै देश विकासमा अग्रसर हुनुपर्र्छ । राजनीति खीचातानीमा मौलाइरहेको खराब प्रवृत्तिलाई हृदय देखि आत्माआलोचना गर्दै हरेक क्षेत्रबाट एकमुष्ठ रूपमा भन्नुपर्दा नेपाल राष्ट्रको अबको जिम्मेवारी वहन एक योग्य भिजनरी लिडरले नै लिनुपर्नेछ ।
यो संसदिय ब्यबस्थामा राजनितीमा विचार, तर्क र बहसले पनि केही गर्न नसकेपछि उखान टुक्काले भिडलाई हसाएर त्यही भिडको तालीमा मख्ख पर्ने, ठुला–ठुला फोटाहरु छापेर बाटोमा झुक्याएर तमासा गर्ने, विरोधीहरुलाई जति सक्यो खुल्याउने गरि गाली गलौज र व्यग्य हान्ने, आफ्नो भजनमण्डलीहरुलाई जय जयकार गर्न लगाई त्यसमै मस्त रमाउने र राज्यको साधन स्रोतको दुरुपयोग गरि निर्वाचनको डङ्का पिट्ने ? यो प्रवृत्तिको अब जरै देखि अन्त्य गर्नुपर्छ ।
अब सत्ता भन्दापनी संघीय लोकतान्त्रिक गणतन्त्रको ब्यबस्था भित्र रहेर प्रणालीगत सुधार गर्नुपर्ने देखिन्छ । अलिकति राजनैतिक संस्कार भएको देश हुन्थ्यो भने यस्ता नैतिकता गुमेका प्रधानमन्त्री र मन्त्रीहरु लाजले सार्वजनिक सभा समारोहमा त के कुरा राजिनामा दिएर घरमा बसिरहेका हुन्थे । तर हाम्रो देशको बिडबना यिनीहरूकै स्वर ठुलो छ ।
स्वतन्त्र नागरिक समाज वुद्दिजिवी बर्ग र अग्रगामी सोच राख्ने राजनीतिक ब्यक्तिहरुले खड्ग प्रसाद ओलीको असंवैधानिक निरंकुश, प्रतिगमि सोच, संसदिय ब्यबस्था माथिको कु, जनविरोधी कदम र गणतन्त्र सिध्याउन चालेका कदमहरुको खुलेर बिरोध गरेको थिए । बिरोधको रणनीति ठिक नहोला तर देशको आबश्यकता थियो ।
कोहि भ्रमा नपरौ खड्ग ओलीको ठाउँमा प्रचण्ड, नेपाल या देउवालाई सत्तामा पुर्याउन हुँदै होईन । तानाशाही र फासिवादी प्रवृत्तिको विरुद्ध थियो र भयो । भट्टराईको जनयुद्ध सहयात्री मित्रले गर्वका साथ भन्नुहुन्छ मैले यति जना प्रधानमन्त्री बनाए ।
के जनयुद्ध र जनआन्दोलनको मुद्दा केही ब्यक्तिहरुलाई प्रधानमन्त्रीको जागीर खुवाउनका लागि थियो?
आज
नेपालमा गणतान्त्रिक राज्य व्यवस्था, राज्यका शासकीय स्वरूप, यसैसँग गाँसिएको प्रादेशिक अभ्यास, बर्ग र समुदायको सांस्कृतिक अस्तित्व सहितको राजनीतिक अधिकार तथा सर्वसाधारण नेपालीको जनजीवनका सामाजिक–आर्थिक र राजनीतिक रूपान्तरणको मूल विषय बन्नुको साटो जो ब्यक्ति यो सम्पुर्ण उपलब्धिको बिरोधि थिए खड्ग प्रसाद ओली । ‘बा’ प्रवृत्ति हाबी हुनु अत्यन्तै दुःखद क्षण हो र त्यसैमा एउटा आन्दोलनको नेतृत्वकर्ता नै प्रधानमन्त्रीको लागि समर्थन गरे भनेर गर्व गर्नु झनै दुखदायी क्षण हो।
राणातन्त्र, प्रजातन्त्र,सक्रिय राजतन्त्र, संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा पार गरियो । अब कुन व्यवस्थामा जाने? अहिलेसम्मका कुनै व्यवस्थाले स्पष्ट निकास दिन सकेन अबको नयाँ बाटो के?
अब कस्तो शासन प्रणाली पो अँगाल्ने? यहि प्रश्नको एउटा उत्तर हो संघीय लोकतान्त्रिक गणतन्त्रको ब्यबस्था भित्र रहि शासकीय स्वरुपलाई प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रणालीमा रुपान्तरण गर्न सके अझै उन्नत लोकतन्त्र हुनेछ । यहि ब्यबस्थाबाट भट्टराईले पाँचबर्षे कार्यकाल संचालन गर्ने हो अहिलेको संसदिय ब्यबस्थाको चुनावी सरकारको नेतृत्व डा. भट्टराई गर्न हुन्न र सुहाउँदो हुँदैन ।
अन्त्यमा,
हाम्रो अहिलेको प्रमुख पार्टीको नेतृत्व गर्ने ब्यक्तिहरु परिवर्तनमुखी छैनन् । हाम्रो नेतृत्व पुरानो भयो । हाम्रो राजनीतिमा सिर्जनशीलता हरायो । यो सबै समस्याको समाधान ‘जातीय पहिचान’मा मात्र होइन, राज्यको परम्परागत बनोट, चरित्र र मनोविज्ञानमा पनि निहित छ ।
यो कुरा बहुसंख्यक नेपालीले बुझ्दै बुझ्दैनन् र अर्का यहाँ अलिकति बुझ्नेहरु नै तिनै भ्रष्ट्रका मतियार बनेका छन्। त्यसैले यो देश बन्न ती नबुझ्नेहरुलाई बुझ्ने बनाउनुपर्छ, स्पष्ट भिजन भएका राजनीतिक नेतृत्व यो अभियान जारी रहनुपर्छ।
राजनीति गर्नेहरुले आजभन्दा भोलि अनि भोलि भन्दा पर्सि झनै भयावह अवस्थाको सृजना गराउदैछ्न । के अब हामी नेपाली जनताको अवस्था र दिनचर्या जीवनभर सदासदाका लागि यसैगरी चल्दै जाने भएकै हो त?
सिद्धान्त, विधि पद्धति र नीति मान्ने र आफ्नो धरातल नबिर्सने नेतृत्व तिर लाग्ने कि,
केही पनि नमान्ने ‘म नै राज्य हाे’ जस्तो एउटा तानाशाहलाई बोकेर आफ्नो ब्यक्तिगत स्वार्थ पूरा गर्ने ?
यो यक्ष प्रश्न सबैले सबैलाई गरिरहनुपर्छ।