गोरखा- काठमाडाैंबाट गोरखा आउँदै ना ५ ख ५०७० नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ । पृथ्वीराजमार्ग अर्न्तगत धादीङको मछेडीखोलामा दुर्घटना भएको हाे ।
दुर्घटनामा गोरखा आउने केही यात्रु घाईते भएका छन् ।
धादिङ बेशिबाट काठमाडौ तर्फ जाँदै गरेको बा ३ ख ८९०४ नम्बरको यात्रुबाहक बसलाई सुर्खेतबाट काठमाडौ जाँदै गरेको ना ५ ख ४४९१ नम्बरको यात्रु बाहक बसले उछिन्न क्रममा काठमाडौबाट गोर्खा जाँदै गरेको ना ५ ख ५०७० नम्बरको यात्रुबाहक बसलाई ठक्कर दिंदा दुर्घटना हुँदा १२ जना घाईते भएका छन् । दुर्घटना गल्छी गाउँपालिका स्थित खाेस्टेखाेलामा भएकाे हाे ।
दुर्घटनाबाट घाइते भएका यात्रुहरूको स्थानीय स्वास्थ्य सेवा गल्छिमा १० जनाको उपचार भै रहेको छ भने गम्भीर घाइते भएको २ जनाको अवस्था गम्भीर रहेको र उनिहरुलाइ काठमाडौ स्थित ट्रमा सेन्टर लगिएको छ ।