काठमाडाैं- काेराेनापछि समाचार क्षेत्रले सामना गर्दै आएको चुनौतीकाे बिषयमा एसियाका ४ देशका पत्रकारहरु छलफल गरेका छन् ।
‘कोभिड-१९ : समाचार क्षेत्रको रूपान्तरण’ शिषकको दोस्रो भोईस अफ प्रेस, एसिया मिडिया फोरमकाे अायाेजनामा कार्यक्रम भएकाे हाे ।
नेपाल, इन्डोनेशिया, हंगकंग र फिलिपिन्सबाट २० पत्रकारहरुले समाचार क्षेत्रमा सामना गर्दै आएको चुनौतीहरुको साथै अवसरहरुको बारेमा छलफल गरे र कोभिड-१९ पछिको संसारमा परिवर्तनीय मेडिया परिदृश्यलाई आत्मसात गर्न राम्रो अभ्यासहरुको सुझाव दिए l
फोरमको पहिलो सत्रमा वक्ताहरु आफ्नो आफ्नो देशमा समाचार क्षेत्रमा सामना गर्दै आएका वर्तमान चुनौतीहरु र अवसरहरुको विषयमा वक्तव्य दिए l
हङ्गकङ्ग एक मिडिया परामर्शदाता टेरी यङ्ले नागरिकहरुले मिडिया उत्पादनलाई बिरलै ध्यान दिन्छन तर मिडिया संस्थाहरुको राजनीतिक पक्षहरुको बारेमा बढी चिन्तित छन् भन्ने बारेमा कुरा गरे l उनले महामारीको समयमा हंगकंगको राजनैतिक ध्रुवीकरण कसरी बिग्रियो भनेर व्याख्या गरे जसले मिडिया र जनता बिचको संवादलाई धेरै चुनौतीपूर्ण बनायो l
जाम्बी दैनिकको मुख्य सम्पादक,हेन्ड्री नर्सलले साना मेडिया आउटलेटहरुले परिचालन लागतलाई समर्थन गर्न नसकेकोले उनीहरुको व्यवसाय वा सेवा बन्द गर्नुपर्यो जबकि ठुला मिडिया कम्पनिहरुले कर्मचारीहरु विस्थापित गर्नुपर्यो र व्यापार चलाउन लागत घटाउनु पर्यो भन्ने तथ्यले समानुभुती जनाउनुभयो l
यसैबीच फिलिपिन्सका रेडियो भेरीटसका थियोफेल सन्तोसले अनलाइन मेडियामा अवसरहरु भेट्टाए जहाँ रेडियो वा अखवार भन्दा समाचार छिटो प्रकाशित हुन्छन l सामाजिक मेडिया प्लेटफर्महरु जस्तै फेसबुक र युट्युबले पत्रकारहरुलाई उनीहरुको समाचार प्रसारण गर्न र बिज्ञापनहरु मार्फत आम्दानी सृजना गर्न अनुमति दिए l
ट्रयाक नेपालका अध्यक्ष पिया रत्न महर्जन सामाजिक संजाल र प्रविधि “सम्पूर्ण विश्वसंग जोडिने ” एक माध्यमको रुपमा कोभिड युगको अवधिमा पत्रकारहरुलाई सहयोग पुर्याएकोमा पनि कृतज्ञ थिए l
दोस्रो सत्रमा, प्रत्येक देशको ब्रेकआउट कोठामा खुल्ला छलफल गरियो जहाँ प्रस्तुत गरिएको चुनौतीहरुको बिचमा पत्रकारहरुले अपनाउनुपर्ने राम्रो अभ्यासहरु सुझाव दिए l
डायरयोङ् टागलोग (फिलिपिन्स) का माइकल बालागुअर महामारीको क्रममा कसरी विज्ञान समुदायको प्रशंसा गरिएको छ भन्ने कुरामा प्रकाश पारे l उनि जस्ता विज्ञान पत्रकारहरु र फिलिपिन्सका डी जेडएमजे अनलाइन एम जे बालागुएरले सार्वजनिक सेवाको रुपमा नागरिकहरुलाई तथ्यगत र उपयोगी जानकारी पुर्याउन महत्वपूर्ण भूमिका खेल्छन् l
इन्डोनेसियाका पत्रकारहरु मेडिया लचिलो हुनु आवश्यक छ र वर्तमानमा जनताको बदलिदो आवश्यकतालाई सम्बोधन गर्न यो विकसित हुनै पर्छ भन्ने कुरामा सहमत थिए l मिडियाको जिम्मेवारीलाई जर्नल न्युजका रिद्वान मुबारकले पनि दोहोर्याएर जसमा पत्रकारको नैतिकता संहिता अवलोकन गर्ने, तथ्यमा आधारित भएर मानिसहरुलाई जानकारी गराउने र जनतामा सकारात्मक प्रभाव पनि मिडियाको प्रयोग गर्ने काम समावेश छ l
नेपाली पत्रकारहरुको छलफलमा मिडिया परिवर्तनहरु उल्लेख गरिएको थियो की स्वस्थ्य र सुरक्षा नेपाली पत्रकारहरुको सर्वोच्च प्राथमिकता रहेको छ र जुम जस्ता अनलाइन सहकारी उपकरणहरुलाई अधिकतम बनाएर आमने सामने बैठकहरु कम गर्न सकिन्छ l स्थलगत मिडिया अपरेसन्सको लागि, सामाजिक दुरी कायम गर्न कार्यालय पूर्वधार परिवर्तन गरिएको थियो l
प्रत्येक देशको छलफलको सारांश प्रतिवेदन पेश गरेपछि हंगकंग शाखामा एच डब्ल्यु पी एल (HWPL) संयोजक लिभाई लङ्ले एच डब्ल्यु पी एल (HWPL) जनसम्पर्क विभागको २०२१ को योजना घोषणा गरे l संस्थाले कोभिड-१९ पछिको युगको समाचार उद्धोगको स्थितिको बारेमा वेबिनारहरुको एक सृंखला राखेर पत्रकारहरुलाई सहयोग पुर्याउन कार्य गर्नेछ l एच डब्ल्यु पी एलले जनचेतनाको विकासको लागि उत्तम अभ्यासहरुमा एशियाली पत्रकारहरुको संयुक्त बयानलाई पनि प्रवर्धन गर्दछ l