गोरखा– गोरखाका प्रमुख जिल्ला अधिकारी (सिडियो) शालिग्राम शर्मा पौडेलले आफु कुनैपनि प्रलोवनमा नपरि सेवा गर्ने बताएका छन् । गृहमन्त्रालयबाट सरुवा भएर जिल्ला आएका उनले पत्रकारहरुसँगको भेटघाटमा यस्तो बताएका हुन् ।
गत विहिबार पदबहाली गरेका सिडियो पाैडेलले शुक्रवार राजनीतिक दल, ब्यापारिक, ब्यवशायिक तथा सामाजिक संघ संस्था र संचारकर्मीसँग भेटघाट गरेका थिए ।
‘जनताले दुःख पाउने अवस्था र अनियमितता हुनु हुँदैन’ उनले भने ‘तपाईहरुले यस्ता विषयमा सुधार गर्ने मौका समाचारबाट र जानकारी दिएर पनि गर्न सक्नुहुन्छ ।’ बिकास निर्माण, शान्ति सुरक्षा, नियमित कार्यालयको कामलाई प्राथमिकता दिएर काम गर्ने उनले बताए ।
बिकास निर्माणका काम गर्ने कार्यालयसँग समस्या सोधेर पहिचान गरी काम अघि बढाउन सहयोग गर्ने उनले बताए । प्रजातन्त्रको सवलिकरणका लागि मिडिया आवश्यक रहेको बताउँदै उनले आग्रह पूर्वाग्रह बिना समाचार लेख्न समेत अनुरोध गरे ।
उत्तरी क्षेत्र चुनौती
उत्तरी गोरखाको सामागाउँकाे नुङईला नाका र रुइला नाका हुदै अवैध ओसारपसार बढ्न थालेको छ । गोरखाका दुई नाका संवेदनशील बन्दै गएको सुरूक्षा टोलीले बताउदै आएको छ । साथै सुरक्षा ब्यबस्था पनि कडा हुदै गएको छ ।
तर पनि सदरमुकामबाट टाढा र सडक यातायातको समेत पहुँच नपुगेका त्यस क्षेत्रमा हुने गरेको बिभिन्न तस्करीका घटनाले सुरक्षा चुनौती बढ्दै गएको छ ।
उत्तरी भेगमा सुरक्षा व्यवस्था मजबुत पार्न जिल्ला प्रहरी कार्यालय गोरखाले जगतमा आधुनिक प्राबिधिक चेक जाँचको शुरु गरेको छ । यि नाकाबाट अबैध सुन, विभिन्न प्रकारका बन्यजन्तुका छाला तथा जडिबुटि तस्कर हुने गरेकाे भन्दै उनले त्यसलाई रोक्ने बताएका छन् ।
अवैध क्रसर हाेला त कार्वाहि ?
जिल्लामा सञ्चालित तिन वटा क्रसर उघाेग अवैध क्रसर हुन् । कतिपय स्थानीय जनप्रतिनिधिकै लगानी रहेकाे क्रसर नयाँ सिडियाे आएसंगै बन्द गर्ने या कार्वाही गर्लान भन्ने गाेरखाली जनताले पत्याएका छैन । तर, पनि यसअघि सिडियाे झै उनीपनि त्यहि लाइनमा थपिने त हाेइन भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।
शनिबार, माघ २५, २०७६ मा गण्डकी प्रदेश सरकारले लागू गरेको मापदण्ड विपरित सञ्चालन भएका क्रसर उद्योग अबको डेढ महिनाभित्र (चैत्र पहिलो हप्ता) बन्द गराउने प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बतायाे।
मन्त्रालयले ढुंगा, गिट्टी, बालुवा उत्खनन, संकलन, क्रसिङ र बिक्री वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि बनायो । कार्यविधि अनुसार नयाँ क्रसर र सञ्चालनमा आइसकेका क्रसर उद्योगले १० बुँदे मापदण्ड पूरा गर्नुपर्ने हुन्छ ।
गोरखा नगरपालीका १० छेवेटारमा भूकम्पीय आपतकालीन सहायता आयोजनाका लागि स्थापना गरिएको गोरखकाली क्रसर सहित पालुङटार नगरपालिका वडा न १ को माईमनकामना र सिम्रन क्रसर उद्योग तथा सिरानचोकको खहरेमा रहेको दरौंदी क्रसर उद्योगले १० बुँदे मध्ये कुनैपनि मापदण्ड पूरा गरेका छैनन् ।
गोरखकालीका सञ्चालक सुरेन्द्र कुँवर हुन् । उनी व्यवसाही समेत हुन् । उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, नेकपाका केन्द्रीय सदस्य तथा सांसद चुडामणी खड्का र गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको संरक्षण रहेकाे चर्चा छ । कुँवरको क्रसर उद्योगमा उनीहरूको समेत लगानी रहेको चर्चा छ ।
सिडियाे पाैडेलका अनुसार स्थानीय तहमा सञ्चालित क्रसरकाे अनुगमन तथा नियन्त्रण सम्बन्धित स्थानीय तहकाे हाे। के अब सिडियाे साप र स्थानीय तहका जनप्रतिनिधि मिलेर गाेरखामा सञ्चालित अवैध क्रसर अनुगमन तथा नियन्त्रण या प्रकृया पूरा गरि सञ्चानमा आउला ? जन जनमा यहि प्रश्न उठेकाे छ ।