काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसला आफूले गरेको अपेक्षा गरेविपरीत आएको प्रतिक्रिया दिएका छन्।
अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा त्यसअघि नै ऋषि कट्टेलको नाममा दर्ता भएकोले उनकै हुने फैसलापछि प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले छोटो प्रतिक्रिया दिँदै भने, ‘सर्वोच्चको फैसला हामीले अपेक्षा गरेविपरीत आएको छ। यस विषयमा प्रतिक्रिया फैसला पढेपछि मात्रै दिन्छु।’ नेकपामा नाम र चुनाव चिह्न विवाद चलिरहेका बेला सर्वोच्चले यस्तो फैसला गरेको हो।