काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको प्रधानमन्त्री हो भनेर सर्वोच्च अदालतलाई सोध्न भनेका छन्।
आइतबारबाट सुरु भएको पुनर्स्थापित संसदको पहिलो बैठकमा सांसद भीम रावलले सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोधेका थिए।
‘अब हुँदा–हुँदा प्रधानमन्त्री कुन पार्टीका हो जानकारी पाऊँ भन्नुभयो, सर्वोच्च अदालतमा जानुस्। कुन पार्टीको हो रे!’, ओलीले भने।
ओलीले आफूलाई सोध्ने मानिसलाई तपाईं कुन पार्टीको सोध्ने अवस्था आउने बताए।
उनले अदालतको फैसलामा आफू कुन पार्टीको भनेर अदालतले स्पष्ट पारेको बताएका थिए। नेकपाको नामको विषयमा आइतबार सर्वोच्च अदालतले फैसला सुनाउँदै नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण पूर्वको अवस्थामा पुर्याएको थियो।
त्यसैगरी उनले संसद विघटन गरेर चुनाव गराउने आफ्नो निर्णयको पनि बचाउ गरेका छन्। ‘यतिखेर चुनावमा देश जान्थ्यो । चुनावपछि राम्रो सरकार बन्थ्यो त्यसलाई लडाई गरेर, मुद्दा हालेर रोके। संसद् पुनःस्थापना किन गरेको रहेछ भन्दा उफ्रिन, नारा लगाउन, कराउन रहेछ’, ओलीले भने।