काठमाडौं- केपी शर्मा ओली समूहबीच बालुवाटारमा छलफल भइरहेको छ । प्रचण्ड–माधव पक्षबीच पेरिसडाँडामा स्थायी कमिटी बैठक चलिरहेको बेला बालुवाटारमा ओली समूहले आन्तरिक छलफल गरिरहेको हो ।
छलफलमा रामबहादुर थापा, ईश्वर पोखरेल, विष्णु पौडेल लगायतका नेताहरु रहेका छन् ।
सर्वोच्च अदालतले आइतबार केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज गरी साविक नेकपा एमाले र माओवादीलाई अस्तित्वमा फर्काइदिएको छ ।
साविकको एमाले र माओवादी केन्द्रमा रहेका नेताहरु को कतातिर लाग्ने र कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भइरहेको छ ।