काठमाडौं- जनता समाजवादी पार्टीका सांसद राजेन्द्र महतोले आफ्ना माग पूरा गर्नहरुप्रति आफूहरुको सहानुभूति हुने बताएका छन्।
बुधबार संसद भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो दलले पहले पनि समर्थन गरेको र ठग्ने बाहेक अरु काम नभएको बताए।
ओली नेतृत्वबको सरकारमा जाँदै हुनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा महतोले आफ्ना माग पूरा नभएसम्म सरकारमा नजाने बताए। उनले उधारो सहमति आफूहरुलाई मान्य नहुने बताए।
‘केपी ओलीको सरकारलाई पहिल्यै समर्थन गरेको होइन?, फेरि गर्ने?, त्यसैबा लागि जन्मेको हो हामी?’, महतोले भने, ‘शासकहरुलाई सित्तैमा समर्थन गर्न जन्मेको हो हामी?’
उनले आफ्ना माग रेशम चौधरीको रिहाइ, मधेस, थारुहटको मुद्दा फिर्ता संविधान संशोधन लगाएतका माग पुरा भए मात्रै सरकारमा जाने बताए।
‘यी मुद्दा हामीले पटक–पटक राख्दै आएको हो, केपी ओलीलाई पनि राखेको हो’, उनले भने, ‘ठग्नेबाहेक ओलीले अरु काम गरेनन्। काम गरेर देखाउनु परेन।’
उनले कार्यदल छलफलका लागि बनाएको बताएँदै अहिलेसम्म केही छलफल नभएको बताए। उनले अहिले आफू माग पूरा गराउन कार्यदल बनाएको बताउँदै त्यसपछि मात्रै सत्ताको कुरा आउने बताए।