काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई पूरै ‘बाइपास’ गरेर निर्णय गरेपछि एकपछि अर्का नेताको विरोध आउने क्रम जारी छ।
यसै क्रममा नेतृ रामकुमारी झाँक्रीले पनि कडा चेतावनी दिएकी छन्।
‘जे भइरहेको छ यो एकदमै गलत हो। विधानविपरीतको यो ज्यादती हो। कम्युनिस्ट आन्दोलनको विसर्जन हो,’ शुक्रबार राति झाँक्रीले सामाजिक सञ्जालमार्फत चेतावनी दिएकी छन्, ‘तर हामी यो आन्दोलनलाई यत्तिकै विसर्जन हुन दिनेछैनौं। यसको कानुनी उपचार र राजनीतिक प्रतिवाद दुवै गर्नेछौ। साथीहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाइँ हुनेछ।’
जे भइरहेको छ यो एकदमै गलत हो। विधान विपरीतको यो ज्यादती हो। कम्यूनिष्ट आन्दोलनको विसर्जन हो। तर हामी यो आन्दोलनलाई यत्तिकै विसर्जन हुन दिनेछैनौँ। यसको कानूनी उपचार र राजनैतिक प्रतिवाद दुबै गर्नेछौ। साथिहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाईँ हुनेछ।
— Ram kumari Jhakri (@Jhakri_didi) March 12, 2021