काठमाडौं- आज (आइतबार) नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक बस्दै छ।
हिजो (शुक्रबार) बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहित आफ्ना नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको माओवादी केन्द्रले उनीहरूलाई कारबाही गर्ने तयारी गरेको छ।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा सुरु गरिनेछ।
‘आजको बैठकमा प्रमुख रूपमा विकसित पछिल्लो घटनाक्रमबारे बिफ्रिङ हुनेछ,’ उनले भने, ‘सर्वाेच्च अदालतको फैसलादेखि समसामयिक अन्य विषयमा आज छलफल हुनेछ।’
२४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएका २३ नेताका सन्दर्भमा आज के होला भन्ने प्रश्नमा उनले भने, ‘उनीहरूका हातमा पत्र पुग्यो/पुगेन, के-कस्ता प्रतिक्रिया आए/ आएनन्, (पार्टी) कार्यालयले जानकारी गराएपछि त्यस आधारमा अघि बढिन्छ।’