काठमाडौं- नेकपा एमालेका केही नेतालाई स्पष्टीकरण सोध्ने र अध्यक्ष केपी शर्मा ओलीलाई थप शक्तिशाली बनाउने निर्णय गर्दै सो पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ। बैठक शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।
यसअघि माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल तथा रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो।
तर ओलीले झाँक्रीलाई स्पष्टीकरण नै सोध्नुपर्ने गरी उनको ‘तौल’ नपुगेको भन्दै बाँकी सदस्यहरुलाई कन्भिन्स गराएपछि उनलाई स्पष्टीकरण सोध्ने प्रारम्भिक निर्णय परिवर्तन गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
स्पष्टीकरण साेध्ने निर्णय गरिका नेताहरुमध्ये चार जना एमालेका पदाधिकारी र झाँक्री केन्द्रीय सदस्य हुन्। त्यस्तै, अष्टलक्ष्मी शाक्यलाई पनि स्पष्टीकरण सोध्नुपर्ने सदस्यहरुको दबाब थियो। तर ओलीले त्यहाँ पनि सदस्यहरुलाई ‘कन्भिन्स’ गराएका थिए।