काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौलामा समस्या देखिएको छ । चिकित्सकहरुले उनलाई तीन महिनाभित्र मिर्गौला प्रत्यारोपण गर्न वा डायलाइसिस गर्न सुझाव दिएको उनीनिकट स्रोतले बतायो ।
स्वास्थ्यमा परिक्षण आएपछि खनाल गत माघमा उपचारका लागि नयाँ दिल्ली पुगेका थिए ।
नयाँ दिल्लीको अपोलो अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उनको मिर्गौला फेल भएको देखिएको थियो । पार्टीका शिर्ष नेताहरुलाई यस विषयमा खनालले जानकारी गराएका छन् ।
आज एमालेको केन्द्रीय समिति वैठकले असन्तुष्ट समूहका चार नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गर्यो ।
माधव नेपाल, भिम राव, सुरेन्द्र पाण्डे र घनश्याम भुषाालमाथि स्पष्टिकरण सोध्ने निर्णय हुँदा सो समुहका पहिलो वरियताका नेता खनाललाई भने जोगाइएको छ ।