काठमाडौँ- सामाजिक, साँस्कृतिक र सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशील सिजन मिडियाले समाजका विभिन्न क्षेत्रमा योगदान पुु¥याउने व्यक्तित्वलाई सम्मान गरेको छ ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अपाङ्गता, एकल महिला, शिक्षालगायत क्षेत्रमा क्रियाशील संस्थाका प्रमुख तथा प्रतिनिधिलाई सम्मान गरेका हुन् ।
सोसल वेयलफेयर अवार्ड पाउनेमा संयुक्त अपाङ्गता एकता आवाज केन्द्रका संस्थापक तोलाबहादुर कार्की, सामाजिक अभियान्ता केपी खनाल र रन्जु राई, जातीय विभेदको क्षेत्रमा क्रियाशील बेला फाउण्डेशनका अध्यक्ष आरती लम्साल, महिला अधिकारकर्मी रेखा तामाङ लोप्चन, वुटवलका युवा व्यापारी तथा समाजसेवी सिद्धार्थ गुरुङ, रामनारायण घिमिरे, समाजसेवी विमल पन्त, निता राउत, राधा मताङ्गी, स्नेहा श्रेष्ठ, इन्दिरा राना मगर, उत्तम सञ्जेल र लिली थापा लगायत छन् ।
त्यसै शिक्षा तथा समाजिक क्षेत्रमा न्यू क्रियटिम इगलिस वोडीङ स्कुल नार्गाजुन, श्रम तथा रोजगार विषयमा कलम चलाउने राससका पत्रकार असोक घिमिर, वैङकीङ तथम इन्सुरेन्स कम्पनी साथै समाजसेवीे लक्ष्मी रिजाल, सिसेज व्यूटी क्वीन तथा समाजसेवी राजनैतिक सन्तोषी शाही ठकुरी, व्यवसायी तथा समाजसेवी रोटरीयन रसुमिला श्रेष्ठ, इटहरीका वरिष्ठ पत्रकार तथा समाजसेवी गणेश निरौला, टेक्सटायल व्यापारी तथा राजनैतिक तथा समाजसेवी जाकिर हुसेन छन् ।
त्यस्तै, इटहरीका वरिष्ठ पत्रकार कृष्ण अधिकारी अन्तराष्ट्रिय खेलाडी रेफ्री तथा समाजसेवी पर्खिधन राई, वेलायति सेनाका मेजर तथा समाजसेवी योगेश कोयी राई साउथ वोस्टन स्टेट कलेजका भाइस प्रिन्सीपल हरिसिंह केसी , पूर्व ट्राफिक प्रहरी तथा ललितपुर महानगरपालीका प्रहरी प्रमुख सिताराम हाछेथु , समाजसेवी तथा राजनितिक व्यक्तित्व देवेन्द्र प्रधान र एनआरएन आइसिसि केन्द्रिय उपाध्यक्ष अजुनकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।