गोरखा– विभिन्न अनियमितामा मुछिएदै आएका गोरखा नगरपालिकाका मेयर राजनराज पन्तका कारण जिल्ला प्रवेश गर्ने ‘गोरखा गेट’ अलपत्र परेको छ ।
२०७६ चैत्रभित्र निर्माण कार्य सक्ने गरि निर्माण जिम्मा पाएको सुसु इञ्जिनियरिङ एण्ड कन्स्ट्रक्शन प्रालिले निर्माण कार्य सकेकोे गोरखा गेट अहिले मेयर पन्तका कारण अलपत्र परेको हो ।
करिब ५० लाख लागतका तनहुँ र गोरखा जोड्ने मस्र्याङ्दी पुलनजिकै गोरखा जिल्ला प्रवेश गर्ने मझुवा देउरालीमा निर्माण सकिएको ‘गोरखा गेट’ अहिले सुचारु नहुदाँ अलपत्र परेको छ । निर्माण कार्य सकिएको भनिएको गोरखा गेट पहिरो तथा अन्य कारणले अलपत्रमा परेको छ ।
अन्य काम बाँकी छोडेर बेखर भएकाे निमार्ण कम्पनीले आफ्नो काम सकिएको भन्दै पन्छिएपछि गोरखा गेट अहिले अलपत्र छ । अझ रोचक त के छ भने मेयर पन्तले गेटको उद्घाटन गर्ने समयमा गेटमा गोरखाको पहिचान खुकुरीक्रस राखिने योजना सुनाएका थिए । तर, ति योजना मेयर सुस्ताएसंगै अलपत्र छ ।
नगरपालिकाको आर्थिक बर्ष २०७५/०७६ मा विनियाेजन भएकाे ५० लाख रुपैंया लागतमा बनाउन लागेको गेटको शुक्रबार माघ १० २०७५ मा मेयर पन्तले सिलान्यास गरेका थिए ।
मेयर पन्तले गोरखा गेट उद्घाटन गर्न आतुर रहेको बताउदैं भनेका थिए ‘आउँदो चैतसम्म निर्माण सम्पन्न हुन्छ । निर्माण व्यबसायी संघका गाेरखा अध्यक्षले निर्माण गर्ने भएकाले समयभित्रै सम्पन्न हुनेमा हामीलाई शंका छैन’, उनले भनेका छन्’, ‘डिपिआरमा उल्लेख भएअनुसार गोरखा गेटको गुणस्तरका लागि सरोकारवाला सबैले रेखदेख गरिरहनुपर्नेछ ।’
गोरखा गेटमा गोरखालाई चिनाउने अन्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक पहिचान झल्कने खालका चित्रकला एवं सामग्रीहरु पनि राखिने मेयर पन्तले बताएका थिए ।
अलपत्र गोरखा गेट, उद्घाटन कहिले हुन्छ टुङ्गाे छैन
मेयर पन्त भने निर्माण कम्पनीकाे बदमासीका कारण गेट अलपत्र परेकाे दावी गर्छन् । ‘याे गेट दुई चरणमा गरि ठेक्का विभाजन भएकाे थियाे । पहिला निर्माण व्यवसाहिका जिल्ला अध्यक्षले बनाउनु भयाे । दाेस्राे चाँहि लम्जुङतिरकाे निर्माण कम्पनीले जिम्मा पायाे तर त्याे काम पनि व्यवसाहिका जिल्ला अध्यक्षकाे कम्पनी नै काम गर्ने शर्तमा पायाे । तर, उनीहरूले आफ्नाे काम सकिएकाे भन्दै फन्छिएपछि नगरपालिकाले हप्तादिन अघि पत्र काटी काम चाडाैं सक्न निर्देशन दिएकाे छ । ‘
उनका अनुसार ३ महिनाभित्र गाेरखा गेटकाे उद्घाटन हुनेमा ढुक्क छन् । ‘तिन महिनाभित्र निर्माणकाे काम नसकेकामा हामी कानुनी प्रकृयामा जान्छाैं । त्याे भनेकाे ठेक्का रद्दसम्मका हुन्छ । तिनमहिनाभित्र निर्माण कार्य नसकेमा ठेक्का रद्द हुन्छ ।’ तर, लगभग निर्माणकाे काम सकिएकाे गेटमा कसरी ठेक्का रद्द हुन्छ मेयर सा’प ?
गाेरखा गेट निर्माणका क्रममा काेभिड-१९, लकडाउन तथा कामदार अभावका भएकाले निर्माण कार्य नसकेकाे निर्माणकाे जिम्मा पाएकाे सुसु इञ्जिनियरिङले बताएकाे छ । निर्माण कम्पनी भन्छ–‘कोभिड–१९ को असर तथा कामदारको अभावले नै निमार्ण कार्यमा ढिलाई भएको हो । लगभग हाम्राे काम सकिएकाे छ । गाेरखाली रबर उघाेग क्षेत्रबाट आएकाे पहिराे तथा दायाँ बायाँकाे फुटपातमात्र हाम्राे बाँकि काम हाे।’
रवर उघाेग क्षेत्रबाट हिउँदे समयमासमेत पहिराे आएकाे छ । पहिराेकाे कारण याे गेट नै जाेखिममा त पर्ने होईन भन्दै स्थानीय चिन्ता व्यक्त गर्छन्। तर, मेयर पन्त भने त्याे फुटपात तथा पहिराे नियन्त्रणकाे काम चाँडै सक्ने दावी गर्छन् ।