गोरखा– ११ वटा स्थानीय तह रहेको गोरखाको मालपोत कार्यलय विचौलीया र कर्मचारीकै सेटिङमा चल्ने गरेको प्रमाण फेला परेको छ ।
मुलुकका सबैभन्दा धेरै भ्रष्टाचार हुने निकायका रुपमा आलोचित मालपोत कार्यलयमा घुसविना काम गर्नै मुस्किल रहेको र विना विचौलीया काम गर्न नसक्ने प्रमाण फेला परेको हो ।
जिल्ला मालपोत कार्यलय गोरखामा मंगलबार दिनभरी जसो कार्यलय प्रमुख देवेन्द्र बहादुर थापाको कार्यकक्षमा नै पुगेर विचौलीयाले कागजपत्र मिलाउने, फाइल खोज्नेदेखि तपाई पैसा तिर्नाेस सबै काम हामी गर्छाै भन्दै काम गर्दै आएको तथ्य फेला परेको हो ।
मालपोत कार्यालयहरुमा घुसविना काम गर्नै मुस्किल रहेको सरकारले गरेको एक अध्ययनले देखाएको थियो । बिचौलियाको भूमिकाले मालपोतमा अनियमितता बढाएको र लेखापढी व्यवसायी प्रमुख बिचौलियाका रुपमा रहेको अध्ययनको निष्कर्ष थियो ।
अध्ययनका अनुसार बिचौलियाले सम्बन्धीत फाँटवालाका कर्मचारी देखि हाकीमसम्मलाई घुस दिएर काम छिटो गर्ने गराउन भन्दै सेवाग्राहीहरुसँग अनावश्यक शुल्क लिने गर्छन् ।
अध्ययनको निष्कर्ष लगत्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आर्थिक बर्ष २०७५÷७६ मा देशभरका १३१ वटा मालपोत कार्यालयलाई परिपत्र जारी गर्दै १५ दिन भित्र लेखापढी व्यवसायीहरुलाई कार्यालयको हाताभित्र प्रवेश गरेर व्यवसाय सन्चालन गर्न नदिन अल्टिमेटम दिएको थियो ।
तर, गोरखाको मालपोत कार्यालयले भने मन्त्रालयको त्यो निर्देशनको अहिलेसम्म वेवास्ता गरिरहेको छ । अझैपनि बिचौलीयासँगकोे साँठगाँठ र घुस लेनदेनको सेटिङमा मालपोतका हाकीमले र कर्मचारीले कार्यालय भित्र बिचौलीयाको रजगजलाई नजरअन्दाज गरिरहेका छन् ।मालपोत कार्यालयका सुचना अधिकारी दिपकबहादुर गुरुङ भने कर्मचारी अभावका कारण अन्य विचौलीया)को प्रवेश भएको हो कि भन्छन् ।
‘२७ जना दरवन्दी भएको कार्यलयमा ७ जना कर्मचारी छौं । ४ जनाको काम एकजनाले गर्नुपरेको छ । मालपोतमा काम गर्न नि गाहे छ नी सर,’ उनले भने ‘कर्मचारीलाई मात्र दोष दिएर हुन्न नी सर । हाम्रोपनि पिरर्का छ नी ।’
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला कार्य समितिका अध्यक्ष केदारबाबु मक्राती भने उहाँहरू एसाेसिएसनकाे अाधिकारीक व्यक्ती नभएकाे तर्क गर्छन् । भन्छन् – ‘उहाँहरू कानुनी अधिकार पाएका कानुनी व्यवसाहि हाेईनन् । कानुन व्यवसाहिकाे भेषमा गएका विचाैलीया हुन् ।’
उनका अनुसार कालपाेत कार्यालयमा गर्र विचाैलीयाकाे काम गरेका नारायण श्रेष्ठलाई एसाेसिएसनले कार्वाहि गरेकाे र अब कुनैपनि कानुनी व्यवसाहि कार्यालय हाताभित्र प्रवेश नगर्ने दावी गर्छन् । त्यस्तैं, मालपाेत कार्यलयका प्रमुख थापाकाे सम्पर्क नम्बर अफ छ ।
विचौलियाको काम फटाफट
सेवा प्रवाह व्यवस्थित नहुँदा सेवाग्राहीले सास्ती भोगिरहेका छन् । तर पनि मालपोतको सेवा सुधार हुन सकेको छैन । बारम्बार गुनासो आइरहँदा थालिएका प्रयासहरु पर्याप्त हुन सकेका छैनन् । अर्थात विचौलिया र कर्मचारीले नै प्रशासन र प्रहरीको आँखा छलेर सर्वसाधारणलाई दुख दिनेक्रम रोकिएको छैन । जिल्ला प्रशासन कार्यालयको आडमै रहेको मालपोत कार्यलयमा हाल ७ जना कर्मचारी र्कायरत रहेका छन् ।
सहिद लखन गाउँपालिका–४ का रमेश श्रेष्ठ नाम परिर्वतन) जग्गा रोक्का राख्न मंगलबार गोरखा बजार आए । आजमै काम सकेर घर फर्किने तयारी गरेर मालपोत कार्यालय गएका उनको काम भएन । काम नभएपछि उनलाई कार्यलयका कर्मचारीले लेखापढिको जानुस तपाईको काम हुन्छ भन्दै पठाए ।
उनी भन्छन् –‘आजै नै काम सकिन्छ भनेर आए तर जग्गा रोक्का राख्नपनि विचौलीया खोज्नुस भन्दै कर्मचारीले पठाएपछि जानुको विकल्प पनि भएन नी ? विचौलीयाको माध्यमबाट काम सकेर घर फकिए ।’, उनले टेलिफोन सम्पर्कमा भने ।