गोरखा- भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आबास पुन निर्माण परियोजनाले गोरखाका अति बिपन्न परिवारका घरको छानो छाउन थालेको छ ।
घर पुननिर्माण भईसकेको तीन बर्षसम्म पनि आर्थिक अभावले छाना छाउँन बाँकी रहेको घरहरुको परियोजनाले छाना छाउन थालेको हो ।
परियोजनाका सामाजिक विज्ञ घनश्याम खतिवडाका अनुसार स्थानीय डकर्मीलाई तालिमसहित विपन्न परिवारका घरको छाना छाउने निर्माण सामग्री प्रदान गरिएको छ ।
‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्र्तगतका डीएलपीआयु गोरखा संगको समन्वयमा परियोजनाले ४० घरमा छाना छाउने योजना बनाएका छौँ,’ उनले भने ‘जसमध्य अहिले सम्म गोरखा नगरपालिकामा छ र सिरानचोक गाँउपालिकामा तीन वटा गरी जम्मा नौ वटा घरको छाना छाइ सकिएको छ ।’
परियोजनाले घरको छानो छाईदिँदा लाभग्राहीहरुले खुसी व्यक्त गर्ने गरेका छन् ।