काठमाडाैं- शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ ।
वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
शुक्रबारदेखि काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ ।
लामो समयको खडेरीले हावा सुक्खा भएको र, हावाले पानी पार्ने बादलको साटो धूलो र धुवाँ लिएर आएको मौसमविदहरुले बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।
बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराएका थिए । बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत परामर्श गरेका थिए । भोली देखि सबै शिक्षण सस्थाहरु शनिबारसम्म बन्द हुने छ ।