गोरखा- अवैध रुपमा सालको काठ ओसारपसार गर्ने गोरखाका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको पालुङटार नगरपालिका–१० जोगीडिही स्थित पालुङगैरा सामुदायिक वन क्षेत्रबाट १० थान सालको गोलिया र २ थान चिलाउने जातको गोलिया काठसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
ना ६ त ५८६३ नम्वरको ट्याक्टर प्रयोग गरेर काठ ओसारपसारमा संलग्न पालुङटार –१० जोगिडिहीका अनिल लामा, सोनम लामा, सुनिल लामा र ट्याक्टर चालक सिरानचोक गाउँपालिका–४ का सुजन सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको काठ, सवारी साधन र मानिसलाई कारवाहीका लागी डिभिजन वन कार्यालय पठाइएको डिएसपी प्रकाश दाहालले बताए ।