गोरखा- लायन्स क्लब अफ गोर्खा सिटिको अध्यक्षमा इमानजङ्ग बानियाँ चयन भएका छन् । गोरखा सदरमुकाममा बुधबार भएको क्लवको तेस्रो साधारणसभाले बानियाँ अध्यक्षमा चयन भएका हुन् ।
क्लवको प्रथम उपाध्यक्ष सन्दिप खत्री, द्दितिय उपाध्यक्ष रबिन बलामी, तृतीय उपाध्यक्ष पुस्कल अर्याल, सचीव रिक्त बहादुर बानिया र कोषाध्यक्ष सबिन केसि चयन भएको क्लवका अध्यक्ष बानियाँले बताए ।
अन्य सदस्यहरुमा अस्मिता थापा, सन्दिप श्रेष्ठ, प्रमोद कुश्वाह, शिवराज जोशी रहेका छन् ।
बाँकी सदस्य आगामी वैठकबाट चयन गरिने अध्यक्ष बानियाँले जानकारी दिए । त्यस्तै, क्लबको एड्मिनमा तारा थापा, मेम्बरसिप ग्रोथ कोर्डिनेटर ऋषि श्रेष्ठ चयन भएका छन् ।
क्लवका निबर्तमान अध्यक्ष कर्ण बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका पदाधिकारी एव सदस्यहरुको सहभागिता रहेको थियो ।