चितवन- चितवनको राप्ती नगरपालिकामा आइतबार बेलुका भएको ट्याक्टर दुर्घटनामा मृत्यु भएकाको संख्या ६ पुगेको छ।
चितनव जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले आज (सोमबार) बिहान दिएको जानकारीअनुसार घाइतेमध्ये थप १ जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो। उनका अनुसार पछिल्लो समय चितवनको राप्ती नपा ४ का ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठको मृत्यु भएको हो।
यसअघि चितवनका राप्ती नपा ५ का ३५ वर्षीय खड्क लामा, खैरहनी नपा ९ का ४० वर्षीय गगन महतो, राप्ती नपा ४ का वर्ष ४५ का सीताराम श्रेष्ठ, नामथर वतन नखुलेका २४/२५ वर्षका पुरुष र खैरहनी ९ बैरहनीकी ५० वर्षकी छनिया महतो मृत्यु भइसकेको छ।
दुर्घटनामा १९ जना घाइते भएका छन्, तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको डीएसपी थापाले जानकारी दिए।
उनका अनुसार रौतहट दिबिहीका १९ वर्ष अरुण राम, दबिही नपाकै वर्ष २७ विजय राम, बाराको कचौराहा गापा ८ का वर्ष २७ का रामआधार राम, चितवन राप्ती नपा ४ बस्ने वर्ष ३० का नीरबहादुर श्रेष्ठ, नामथर वतन खुल्न नसकेका २४/२५ वर्षका व्यक्ति, मकवानपुरको राक्सिराङ गापा ७ का २४ वर्षीय रमन चेपाङ र बाराको कोल्हबी नपा ५, वर्ष ३२ का प्रभुकुमार रामको अवस्था गम्भीर छ।
मध्यम अवस्थाका घाइतेमा चितवन खैरहनी नपा ७, मझुहीका २६ वर्ष चालक राजन चौधरी, रौतहट मधुनारायण नपा १, वर्ष २२ पप्पु महरा, चितवन खैरहनी ९ वर्ष २५, मञ्जु चौधरी, सोही स्थान बस्ने २१ वर्षकी सरिता चौधरी, बाराको सिम्रनगढ नपा ५ का २१ वर्षीय अवधेश पासवान, सोही नपा वडा नम्बर ८ बस्ने वर्ष २३ का शिवजीकुमार राम, बाराको बुद्धगाउँ नपा ८ का २० वर्षीय विराज चौधरी, मकवानपुरको कान्द्राङ गापा ४ का वर्ष २० का रङलाल प्रजा, मकवानपुरको सिलिङे गापा ६ का वर्ष २५ का दानिर प्रजा, रौतहटको दिपही नपा १, वर्ष २४ का नागेश्वर चमार, मकवानपुर राक्सिराङ गापा २ वर्ष ४२ अजय सिंजाली र रौतहट दिपी नपा २, वर्ष १४ का नितेश राम छन्।
प्रहरीका अनुसार राप्ती नगरपालिका–११ स्थित चिउरी खोलामा आइतबार बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। राप्ती नगरपालिकाकै ११ नम्बर वडा कार्यालय भवन ढलान गरेर ट्याक्टरमा भण्डारा फर्किंदै गरेका मजदुर दुर्घटनामा परेका हुन्।