फाइल तस्बिर
काठमाडाैं- कोभिड-१९ को दोस्रो लहरले सबै क्षेत्र प्रभावित तुल्याए पनी तत्काललाई रात्रीकालिन ब्यबसायलाई समय तोकेर बन्द नगराउन सरोकारवालाहरुको माग रहेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख कालीप्रसाद पराजुलीसङ्गको छलफलमा सो कुरा माग राखेका हुन ।
काठमाडौ उपत्यकामा संचालित दोहोरी ब्यबसायी, नाइट क्लव ब्यबसायी हरु आफ्नो प्रतिबद्धता पत्र सहित छलफल गरेका ब्यावसायीहरुले बन्दको विकल्पमा स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्ने गराउने तर बन्द नगराउन राष्ट्रिय लोक दोहोरी ब्यबसायी संघका सचिब भिम श्रेष्ठले माग सहित प्रतिबद्धता पत्र हस्तान्तरण गरेका थिए ।
छलफलमा प्रजिअ पराजुली, ब्यबसायीहरु रीम बहादुर खत्री , श्रेष्ठ आशिश खड्का, केशर बुढाथोकीलगायतको उपस्थिति थियो ।
छलफलको क्रममा प्रजिअ पराजुलीले अहिलेसम्म सिफारिस पत्र आए पनि तत्काल कुनै निर्णय नलिएको प्रष्ट पारे । अधिकारीले सबै ब्यबसायीहरुलाई मर्यादित स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर ब्यबसाय संचालन गर्न अनुरोध गरे।