गोरखा– जिल्लाकाे धार्चे गाउँपालिकाका तत्कालिन कार्यकारी अधिकृत र वडाअध्यक्षसहित सात जनाविरुद्ध मुद्दा अनियमितता गरेकाे आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
आयोगले अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ को उपदफा (१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा १० लाख ६३ हजार ५७ रुपैयाँ मागदाबी सहित छुट्टाछुट्टै मुद्दा दायर गरेको हो ।
गाउँ कार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डे, तत्कालीन समयमा कार्यरत इन्जिनियर प्रविन वस्ती र सव-इन्जिनियर राम नारायण चौधरीले आयोजनाको भुक्तानी दिने चरणमा उक्त योजनाको अनुगमन/निरीक्षणपछि काम भए नभएको यथार्थ विवरण एकिन नगरी वास्तविक भएको कामभन्दा बढी मूल्याङ्कन गरी झुटो बिल पेश गरेको आयोगले जानकारी दिएको छ ।
आयोजनाका उपभोक्ता समितिका अध्यक्ष दमाई गुरुङ, सचिव हसिमान गुरुङ र कोषाध्यक्ष अनिता गुरुङले आयोजना निर्माण गर्दा प्राविधिक समेतको मिलेमतोमा कामभन्दा बढी मूल्याङ्कन गरी/गर्न लगाई झुट्ठा बिल भरपाई गरेको पूष्टी भएको छ ।
वडा नं. ७ का वडा अध्यक्ष तथा वडास्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिका अध्यक्ष सूर्यमान गुरुङले आफ्नो वडाभित्रका योजनाहरुको अनुगमन/सुपरीवेक्षण गरी भए गरेका कार्यहरुको मात्र भुक्तानीको लागि सिफारिस गर्नुपर्नेमा आफ्नो पदीय दायित्व पूरा नगरी उपभोक्ता समितिका अध्यक्ष र प्राविधिक समेतको मिलेमतोमा राज्यको सम्पत्ति हानिनोक्सानी गरेको आयोगले जानकारी दिएको छ ।