गाेरखा- जिल्लाकाे सिरानचोक गाउँपालिका ७ तल्लो गोहोरेमा रहेको जनकल्याण माध्यमिक विद्यालयका शिक्षक जलेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेकाे छ ।
विद्यार्थीलाई यौन दुब्र्यवाहार गरेको आरोपमा शिक्षक चाैधरीलाई प्रहरीले पक्राउ गरेको हाे ।
शिक्षक चौधरीले बिभिन्न समयमा १३ वर्षका एक र १४ वर्ष उमेका तीन जना बालिकालाई यौन दुब्र्यवाहार गरेको आरोपमा पक्राउ गरेर मंगलवार मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यलय गाेरखाले जनाएकाे छ ।
शिक्षकले शंवेदनशिल अंग छुने, सुम्सुम्याउने र अस्वभाविक यौनजन्य क्रियाकलाप गरेकाले प्रहरीले ‘बाल यौन दुरुपयोग’ कसुरमा मुद्धा दर्ता गरेर कारवाही अघि बढाएको प्रहरीले जनाएकाे छ ।