पाेखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गको सरकार फेरिने सङ्केत देखिएको छ। नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन राष्ट्रिय जनमोर्चाले फिर्ता लिएसँगै गुरूङ नेतृत्वकाे सरकार फेरिने सङ्केत देखिएको हाे ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) अलग भएको स्थितिमा त्यहाँ ओलीपक्षको मात्र सरकार भएको टिप्पणी गरेका छन्।
यसका तीनवटा कारणहरू छन्– पहिलो, तीनजना सांसद भएको जनमोर्चाले मुख्यमन्त्री गुरुङ्गलाई दिएको समर्थन फिर्ता लिएको छ। दोस्रो, नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कांग्रेस नेतृत्वमा सरकार बनाउने सहमति भएको भनिएको छ। तेस्रो, ६० जना सांसद रहेको प्रदेशसभामा एमालेसँग २७ जना सांसद मात्र छन्।
सम्भावित मुख्यमन्त्री को?
मुख्यमन्त्री पाउने अवस्थामा चारवटै पार्टीको दाबी हुनसक्ने देखिएको छ। स्वतन्त्र सांसद मनाङ्गे पनि दाबी सुरु गरेका छन्। नेपाली कांग्रेसले पहिलो पार्टीका रुपमा दाबी गर्ने देखिन्छ। कांग्रेसका पूराना नेता तथा संसदीय दलका नेता कृष्ण नेपाली स
सरकारमा रहेकाले बाहिर आएर सहयोग गर्दा स्वतः दाबेदारको रुपमा आफूहरु रहेको माओवादी केन्द्रको दाबी छ। त्यस्तै, जसपाले पनि दुई पार्टीको विवाद भएकाले आफूहरु दाबेदार भएको भन्दै आएको छ। जनमोर्चाले निर्णायक भएको हिसावले आफूहरु दाबेदार भएको बताउँदै आएको छ।
अहिले माओवादी केन्द्रको संसदीय दलका नेता हरिबहादुर चुमान सरकारको गठबन्धन मिलाउन काठमाडौंमा अएर फर्केकाले उनी पनि दौडमा रहेको देखिन्छ। गुरुङ नेतृत्वको सरकारमा चुमानकै नेतृत्वमा माओवादी केन्द्र सरकारमा सहभागी भएको थियो। उनीहरुले गत सातामात्र राजीनामा दिएका थिए।
नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्रीको दाबेदारीमा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली एक्ला उम्मेदवार देखिन्छ। नवलपुरबाट निर्वाचित सांसद नेपाली पुराना कांग्रेस नेता हुन् ।
जसपाले नेतृत्व पाएमा हरिशरण आचार्यले दाबेदारी गर्ने छन्। उनी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईनिकट हुन्। उनी गाेरखा २ (क) बाट निर्वाचित सांसद हुन् । माओवादीमा चुमानको विरुद्धमा केही माओवादी सांसदहरुले हाल प्रदेश विकास समितिको सभापतिको जिम्मेवारी सम्हालेका युवा नेता दीपक कोइरालालाई अघि सारेका छन्। कास्कीबाट प्रदेशसभामा निर्वाचित कोइराला माओवादी अध्यक्ष प्रचण्डनिकट नेता हुन्।
यस्तो छ अंकगणित
गण्डकी प्रदेशमा कूल ६० सांसद रहेका छन्। जसमध्ये एमालेसँग २८ सांसद छन्। कांग्रेसका १५, माओवादी केन्द्रका १२, जसपाका दुई र जनमोर्चा तीन सांसद रहेका छन्। एक सांसद मनाङ्गे स्वतन्त्र सांसद छन्।
माओदीका सभामुख भएकाले एक भोट दिन पाउने अवस्था छैन। जनमोर्चा मिल्दा ३२ हुनेछ। त्यसमा सभामुखले मत दिन नपाएमा ३१ हुनेछ। स्वतन्त्र सांसद मनाङ्गेसमेत मिसिन आएमा ३२ हुनेछ।