फाइल तस्बिर
काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले माओवादी केन्द्र नभए पनि देश चल्ने बताएका छन्। शनिबार बालुवाटारमा आयोजित सर्वदलीय बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै ज्ञवालीले बैठकमा माओवादी केन्द्रको तर्फबाट सहभागिता नजनाइएको विषयलाई लिएर त्यस किसिमको प्रतिक्रिया दिएका हुन्।
माओवादी केन्द्रलाई बैठकबारे खबर नभएको भन्नेबारे पत्रकारको जिज्ञासामा मन्त्री ज्ञवालीले भने- ‘हिजो व्यापकै थियो त कार्यक्रममा हुँदा-हुँदै प्रचण्डले भन्नुभयो रे- प्रधानमन्त्रीको फोन आयो मलाई। खबर थिएन भन्नु बेकारको कुरा हो। उहाँहरु किन आउनुभएन। किन यस्तो गैरजिम्मेवार बाटो हिँड्दै हुनुहुन्छ। त्यो उहाँहरुले जान्ने कुरा हो। उहाँहरुले थाहा पाउनुपर्छ, उहाँहरु नहुँदा पनि देशचाहिँ चल्छ।’
बैठकमा माओवादी केन्द्रका तर्फबाट कोही पनि सहभागी थिएनन्। कांग्रेस, जसपा, राप्रपा, नेमकिपा, राजमोको तर्फबाट नेताहरु सहभागी थिए।