काठमाडौं- नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। २८ यात्रु घाइते घाइते भएका छन्। शनिबार साँझ भएको दुर्घटनामा घाइते भएका ३१ यात्रुमध्ये उपचारका क्रममा दुई महिला र एक पुरुषको मृत्यु भएको हो।
नवलपरासी प्रहरीका अनुसार इलाम घर भएकी २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकैया–५ घर भई हाल नवलपरासी विनयीत्रिवेणी–२ दाउन्नेस्थित गुम्बामा बस्ने ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवनको भरतपुर महानगरपालिका–२५ का ७२ वर्षीय हिमलाल न्यौपानेको मृत्यु भएको हो।
प्रहरीका अनुसार घाइते भएका ३१ यात्रुमध्ये उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा दुई जना र मध्यबिन्दु जिल्ला अस्पतालमा एक जनाको मृत्यु भएको हो। बाँकी २८ जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको बस शनिबार साँझ आफैं अनियन्त्रित भई दाउन्नेमा भीरबाट खसेको थियो।