काठमाडौं- सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्नको लागि नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ। भोलि सोमबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको सो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने बताइएको छ।
कर्णाली प्रदेश सरकार टिकाउन नेकपा एमालेका माधवकुमार नेपाल पक्षले साथ दिएपछि माओवादी केन्द्रले संघीय सरकारमा पनि ओली सरकार फेर्ने गृहकार्य गरेको हो। शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा जस्तै गण्डकी र लुम्बिनी प्रदेश सरकार र संघीय सरकारसमेत बदल्ने तयारी भइरहेको बताएका थिए।
गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गरेको बताउँदै दाहालले लुम्बिनी प्रदेशमा पनि सरकार परिवर्तनका निम्ति करिब बहुमत सदस्यको हस्ताक्षर संकलन भइ नै सकेको बताएका थिए। त्योसँगै स्थायी समिति बैठकले पार्टीको केन्द्रीय समिति बैठकको मिति पनि तय गर्ने यादवले बताए।