गोरखा– जिल्लाका ३९ वटा कोटहरूमध्येको ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको लिगलिगकोटमा फोहोर मैला व्यवस्थापन गर्न नसक्दा दुर्गन्धित बनेको छ । समुन्द्री सतहबाट करिब १,४३७ मिटर उचाइमा रहेको लिगलिगकोटमा नियमित सरसफाइ हुन नसक्दा दुर्गन्धित बनेको हो ।
साबिकको आँपपिपल गाविस वडा नम्बर ४ हालको पालुङटार नगरपालिका वडा नम्बर २ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्वको क्षेत्रमा फोहोर मैला व्यवस्थापन हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक दुर्गन्धित मानेका हुन् । अहिले लिगलिगकोटमा आन्तरिक तथा बाह्य पर्यटकको चाप क्रमशः बढ्दै गएको छ ।
पालुङटार नगरपालिका–२ का वडाध्यक्ष लोकनाथ वाग्लेका अनुसार यस क्षेत्रको सरसफाइका लागी लिगकोट विकास अभियानले जिम्मा लिएको हो । उनका अनुसार गण्डकी प्रदेश सरकारले लिगगिलकोटमा गुरुयोजनाको आधारमा ऐतिहासिक सङ्ग्रहालय स्थापना गर्ने भएका कारण पनि सरसफाइमा ढिलाइ भएको हो कि भन्दै प्रश्न गर्छन् ।
‘प्रदेश सरकारले यहाँ अहिले ऐतिहासिक संगालय बनाउने भनेको छ,’ उनले भने ‘अहिले आन्तरिक तथा बाह्य पर्यटकको चाप बढी भएकाले पनि यो क्षेत्रमा सरसफाइ हुन नसकेको हो ।’
तर विकास अभियानका अध्यक्ष पूर्णाबहादुर राना भने २/३ मा यस क्षेत्रमा सरसफाइ हुने दाबी गर्छन् । भन्छन् ‘तपाइ २/३ दिनपछि यस क्षेत्रमा आउनु सबै सरसफाइ हुन्छ । यस विषयमा नगरपालिका र वडा कार्यालयसँग आवश्यक समन्वय भएको भइरहेको छ । हामी सबै मिलेर अब विस्तृत गुरुयोजना निर्माण गरी यस क्षेत्रको विकासमा लाग्ने छौँ ।’
स्थानीयको डर, कतै कुलतको त ‘ट्रान्जिट’ बनेको छैन
स्थानीय युवाहरू भने यस क्षेत्रमा युवाहरूको राम्रो ट्रान्जिट रहेको दाबी गर्छन् । ‘अहिले पालुङटार नगरपालिकाका मात्र युवा नभई छिमेकी जिल्ला लमजुङ तथा तनहुँका युवाहरू समेत यस क्षेत्रमा लागु औषध सेवन गर्न आउँछ’, नाम नबताउने सर्तमा एक स्थानीय युवाले भने ‘पर्यटकीय तथा ऐतिहासिक महत्त्व बोकेको यस स्थानमा यस्ता खालका क्रियाकलापले भविष्यमा पर्यटक आगमनमा कमी हुन्५ । त्यसैले यस विषयमा सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।’
उनका अनुसार यस क्षेत्रमा स्वच्छ हावापानी तथा रमणीय स्थान भएकाले पनि युवाहरूको आकर्षण बढेको हो । अहिले यस क्षेत्रमा युवाहरूको लाइन नै लाग्छ । त्यो पनि रात रेपछि । तर, नरपालिका तथा यसको जिम्मा पाएको प्रहरी प्रशासनको हेल्चाक्राईका कारण यो क्षेत्र लागुऔषधको ट्रान्जिट हब त बन्ने होइन भन्ने स्थानीयमा चिन्ता छाएको छ ।
स्रोतका अनुसार यस क्षेत्रमा सुरक्षाग्रस्ति बढाउन पटक-पटक आग्रह गर्दासमेत स्थानीय प्रहरी प्रशासन यी स्थानमा जान चाहन्न । किनकि यी क्षेत्रबाट नै त्यस्ता लागु औषधका युवाबाट प्रहरीले हप्ता असुली गर्दै आएका छन् । स्रोत भन्छन्- ‘यस क्षेत्रको सुरक्षाको जिम्मा पाएको प्रहरी नै हप्ता असुली गरी पालुङटारमा बसेको छ । लिगलिगकाेटमा के भएको छ उसलाई थाहा छैन । त्यसैले यो क्षेत्रको विकास गर्ने हो नगरपालिका, वडा कार्यालय र प्रहरी हुँदै स्थानीय विकास अभियानको मुख्य जिम्मेवारी हो । तर, सबै आफ्नै ठाउँमा सुतिरहेका छन् ।’