गोरखा- धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले निर्माण गरेको एकीकृत नमुना बस्ती ३१ महिना ढिलाे गरि बैशाख ९ (विहिबार) गते हस्तान्तरण गरिने भएको छ ।
२०७२ साल बैशाख १२ मा जिल्लाको बारपाक केन्द्रबविन्दु भएर गएको विनाशकारी भूकम्प गएको ६ वर्ष लागेकाे छ । भूकम्पसँगै पहिरोले चिराचिरा परेको लाप्राकको पुरानो बस्ती रहेको गाउँ छियाछिया बन्यो। स्थानीय त्रसित भए। त्यसपछि सिंगो गाउँ नै लाप्राकभन्दा २ किलोमिटर माथि गुप्सिपाखामा सार्ने तयारी भयो।
भूकम्पपछि स्थानीय उक्त सार्वजनिक जग्गामा अस्थायी टहरा हालेर बस्न बाध्य भए। उक्त वस्ती २०७३ असोज २१ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेका थिए । १२ महिनामा उक्त बस्ती निर्माण सक्ने लक्ष्य राखेकाे एनआरएनले ३१ महिना वितिसक्दासमेत निमार्णकाे काम सकेकाे छैन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावली र एनआरएनएका अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङलाई बस्ती हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । ‘गुप्सी बस्ती गाउँपालिकालाई एनआरएनएले हस्तान्तरण गर्छ । अनि हामीले घरधनीलाई हस्तान्तरण गर्नेछौँ । एक बर्षपछि बस्तीको उद्घाटन चाहिँ राष्ट्रपतिको हातबाट गर्नेछौँ ।’
भूकम्पको पाचौं वर्ष पूरा हुँदासम्म लाप्राकीले घर पाएका छैनन्। घर नै तयार गरेर एनआरएनले दिने सम्झौता भएपछि घर कुरेर लाप्राकी बसिरहेका छन्। स्थानीयले पुनर्निर्माण छिटो सिध्याउन सघाइरहेका छन्।
बस्तिकाे एकबर्षपछि राष्ट्रपतिबाट उद्घाटन गर्ने तयारी गरिएकाे छ । भूकम्पको पाचौं वर्ष पूरा हुँदासम्म लाप्राकीले घर पाएका छैनन्। घर नै तयार गरेर एनआरएनले दिने सम्झौता भएपछि घर कुरेर लाप्राकी बसिरहेका छन्।
लाप्राकका ५७३ भूकम्पपीडितका लागी एनआरएनएले गुप्सीपाखामा वस्ती निर्माण गरेकाे हाे । करिव १८.३ हेक्टर क्षेत्रफलको सार्वजनिक जग्गामा वस्ती निर्माण भएकाे छ । योजनामा नरहेको भन्दै यस अघि एनआरएनएले शौचालय निर्माण गर्न आनाकारी गर्दै आइरहेको थियो ।
चौतर्फी आलोचना र स्थानीयको असन्तुष्टी पश्चात शौचालय निर्माण काम बाँकि नै छ । यस अघि ३ पटक भुकम्प पिडितलाई नुमनाबस्ती हस्तान्तरण गर्ने बताएको एनआरएनएले अबचाँहि बस्ति हस्तान्तरण गर्ला कि भन्ने स्थानीयले आशा गरेका छन् ।
सम्बन्धित समाचार
लाप्राक बस्तीका बासिन्दालाई एनआरएनले किन झुक्यायो ?
लाप्राक वस्ती पुनर्निर्माण सकिएको एनआरएनएको घोषणा
भूकम्पले ध्वस्त लाप्राक : यसरी हुदैछ पुर्ननिर्माण !
लाप्राकको नमुनाबस्तीमा एनआरएनएले फेरी भाका सार्याे, चौतर्फी विराेध भएपछि शौचालय निर्माणको काम शुरु
गोरखा भूकम्पका ४ वर्ष : नयाँ घर छिर्ने लाप्राकीको सपना कहिले पूरा होला?
लाप्राकीलाई झुक्काउँदै ‘एनआरएनए’, बस्ती हस्तान्तरण गर्ने म्याद सरेको सरै