काठमाडौं- नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षले आकस्मिक बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय संघीय तथा प्रदेशका ३२ सांसदहरुलाई स्पष्टिकरण सोधपनि खनाल नेपाल पक्षले आकस्मिक बैठक बोलाएको हो ।
बैठक नयाँ बानेश्वरको एक होटलमा जारी रहेको एक नेताले जानकारी दिए । उनका अनुसार खनाल नेपाल पक्षका काठमाडौमा उपलव्ध सांसद तथा केन्द्रीय सदस्यहरु सहभागी छन् ।
नेपालसहित २७ सांसदलाई पदबाट किन नहटाउने ? भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेपछि नेपालले तत्काल छलफलका लागि आफू निकट सांसदलाई बोलाएका हुन्।
वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे लगायत २७ सांसदलाई सो स्पष्टीकरण सोधिएको हो।