काठमाडौं- नेपाल धितोपत्र बोर्डबाट मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका अनुमति पाएको छ । कम्पनीलाई १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डले अनुमति दिएको हो ।
बोर्डको स्वीकृति पछि कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेपछि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । कम्पनीको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।