काठमाडौँ- नयाँ भेरियन्टको कोरोनाभाइरस संक्रमण तीव्र बन्दै गएपछि काठमाडौँमा सवारीसाधन सञ्चालनमा नयाँ नियम लागू भएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको बैठकले सरकारले सोमबार गरेको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तर्फ अग्रसर भएको हो ।
नयाँ नियममा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जनाएका छन् ।