काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको बैठकमा नेताहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल भएको माओवादी केन्द्रका प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठकले आज पनि सरकारलाई दिँदै आएको फिर्ता लिनेबारे कुनै निर्णय भएन । माओवादी बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे छलफल गर्दै आएपनि निर्णय भने गर्न नसकेको हो । बैठकपछि नेता देवेन्द्र पौडेलले सरकारलाई दिएको समर्थन फिर्ता बारे छलफल भएपनि कुनै निर्णय नभएको बताए ।
आजको बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम, प्रदेशहरुमा पार्टीको अवस्था र अन्य दलहरुसँगको गठबन्धन लागायतका विषयमा छलफल भएकाे थियाे । उनका अनुसार बैठक भोलि पुन बस्नेछ।