काठमाडौं– पछिल्लो समय कोरोना संक्रमण बढेसँगै त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले पनि अनलाइन कक्षा सञ्चालन गर्ने तयारी गरेको छ।विश्वविद्यालयले कोरोना भाइरसको बढ्दो महामारीका कारण देशका मुख्य सहरहरुमा अनलाइन कक्षा सञ्चालनका लागि सूचना जारी गरेको छ।
विश्वविद्यालयले मंगलबार ८ बुँदे सूचना जारी गर्दै अनलाइन कक्षाको मापदण्ड तय गरेको हो। सैद्धान्तिक कक्षा अनलाइनबाट सञ्चालन गरे पनि प्रयोगात्मक कक्षा भने भौतिक उपस्थितिमै सञ्चालन गर्नेसमेत विश्वविद्यालयको भनाइ छ।जारी परीक्षा नरोकिने बताउँदै विश्वविद्यालयले आवश्यक स्वास्थ्य सावधानी अपनाई परीक्षा सञ्चालन गर्न क्याम्पसहरुलाई निर्देशन गरेको छ।
त्यस्तै विश्वविद्यालय तथा क्याम्पसहरुमा २५ जनाभन्दा बढी हुने गरी कुनै पनि सभा सम्मेलन गोष्ठी नगर्न पनि त्रिविले भनेको छ। अनलाइन कक्षा माइक्रोसफ्ट टिमबाट लिनुपर्ने बताउँदै त्रिविले त्रिविले हाजिर व्यवस्थापन गर्न समेत निर्देशन जारी गरेको छ।