म जात, लिंग, नश्ल, वर्ण र रंगका आधारमा समाज र राज्यको परिभाषा खोज्ने प्राचीन दुई/तीन सय बर्ष अगाडिको मानव चेतनाको पक्षधर चाहिँ होईन। बर्गले गरिब बाहुनका पिडा पनि नयाँ भने होइन ! तर अहिलेको समयमा यथार्थ र सान्दर्भिक रहेको छ। त्यसैले केही लेख्न कोसिस गर्दैछु।
सबै बाहुन पढाईमा अब्बल हुदैनन् र धनी हुदैनन् सबै दलित जनजाति पनि पढाईमा कमजोर र गरिब हुदैनन्। वर्तमानका मेरा घनिष्ट मित्रहरू अभिभावकहरु र मेरा सन्ततिहरू बीच परस्पर घृणा फैलाउने र बदलाको भावना सिर्जना गर्ने कुरा म सोच्नसम्म पनि सक्तिनँ । इतिहासका नाममा चर्को स्वरले आफ्ना मनोगत स्वार्थलाई अपव्याख्या गर्ने वर्तमानको नांगो ‘राजनीतिक’ प्रवृत्तिलाई खबरदारी गर्नु मेरो निरन्तरको अभिलाषा मात्र हो।
प्राथमिक कक्षा हुँदै निम्नमाध्यमिक माध्यमिक र उच्च माध्यमिक विद्यालयको विद्यार्थी हुदाँसम्म आफुले जानेको कुरा भन्न नपाउने ठट्यौलो परम्परामा मेरा सहपाठी मित्रहरू भन्थे ‘ओइ बाहुन’ जान्ने नबन । त हल्ला नगर त ! त्यो बेलाको ठट्टा आज सस्कारमा परिणत भएको पाए।
मनमा लाग्थ्यो राज्यले पछि गरिब बर्गको मुद्दा सम्बोधन गर्छ तर खै त? राज्यले आजसम्म कुनैपनि गरिब बाहुन र अन्य गरिबहरुको पनि एजेन्डा सम्बोधन गरेको रेकर्ड छ? मैले चाहिँ भेटिन।
नाक चुच्चे भएर नागरितामा बाहुन देखिएको खण्डमा
आर्थिक/मानसिक र बौद्धिक हैसियत जे सुकै होस् विद्यालयमा भर्ना हुँदा शतप्रतिशत अङ्क ल्याउनै पर्ने। भात खाने थाल बेचेर जस्तो तसो त पढे, जागिर पाउन सबै बिषयमा सय प्रतिशत ल्याउनै पर्ने रे ? हुँदा-हुँदा सेना र पुलिसको जागीरमा भर्ना हुन फारम भर्ने बेलैमा तिमी त बाहुन रहेछौ के गर्न सक्छौ र भो जाउ घर भनेका सुन्न्ने सयौ बाहुन मध्यको म एक बाहुन हुँ।
हुँदा-हुँदा संविधानमा पनि मलाई उच्च सर्वश्रेष्ठ जातियताको पगरी गुथाएर र मेरो सहपाठी मित्रलाई जनजाति र दलित भनेर राखिएछ।
मलाई त मेरो साथीसँग मान्छे बन्न म थियो । तर राज्यले मलाई हैसियत बिनाको सर्वश्रेष्ठ पो बनाइ दिएछ। विडम्बना म बाहुन होईन एउटा मानवको परिचय देउ भनेर बिन्ती चढाउदा समेत राज्यले जबर्जस्त बाहुनको बिल्ला भिराइदिन्छ।
भन्छ- ‘तिमीहरू उपल्लो जातीका शोषक हो तर आज चुच्चो नाक, पातलो शरीर,पढाईमा राम्रो अङ्क ल्याएका तर पहुँचमा पुग्न नसकेका ती गरिब बाहुनहरुको एजेन्डा बन्दैन नागरिकतामा बाहुन जनाउने नाक चुच्चो तर आर्थिक हैसियतमा सुन्यतामा रुमलिएका बाहुनहरु भेट्दा लाग्छ यिनिहरु मेरै जस्तै पिडाले खाडिमा भौतारीएका हुन।’
म पनि अस्वीकार गर्न सक्दिन यो देशमा ठूलै स्तरमा जातीय, क्षेत्रीय, वर्गीय उत्पीडन थियो र त्यो अझै कुनै न कुनै रूपमा विद्यमान हामीले विकसित र सुसंस्कृत भन्ने गरेका अमेरिका, बेलायतमा पनि विभेद भएको सुन्छौ।त्यहाँ पनि विभिन्न स्तरको विेभेद छ। तर के ती विभेद नेपाल होस् या अन्य देशमा मान्छेले मान्छेलाई घृणा गर्न सिकाएर कम हुन्छ होला?
मुख्य राजनीतिक दलका नेताहरूले हिजो आज चित्रण गर्ने गरेको सदिऔँदेखिको शासक र शोषण बर्ग भनेकै बाहुन हो। बाहुन शासक र शोषक र सामन्ती हुनेछन् भन्ने बिम्ब यति प्रख्यात भयो कि एक ब्राह्मण समुदायको ब्यक्तिले भुलबस गल्ती गर्दा सिङ्गो समुदाय नै दोषीको भागीदार बन्न पुग्ने स्थिति छ। त्यहाँ बाहुनहरु होईन केही सिमित ब्यक्तिहरु थिए र अझै छन। सिमित ब्यक्तिहरुले राज्यको दुरुपयोग गर्दा समस्त समुदाय नै त्यसको भागेदार हुनुपर्ने कस्तो विडम्बना ?
घटनामा परिणाम होईन कारण मुख्य कुरा हो । अहिलेको युगमा यो तहको सोच निम्न शैक्षिक चेतना स्तरकै कारण उब्जिएको हो।
तर, कसैले प्रस्ताव ल्याउदैन शिक्षा र स्वास्थ्यमा सम्पुर्ण जनता पहुँच होस्। कसैले भन्दैन यहाँ गरिब र धनी बीच ठुलो खाडल छ र यो गरिबी उन्मुलनको मुद्दा मुख्य हुनुपर्नेछ।
उन्नत र पछिल्लो ज्ञान बिज्ञानमा आधारित शिक्षाबाट बन्चित गराउने बित्तिकै सामाजिक चेतनाको स्तर बढ्दैन कु-सस्कार र कुरिती रहिरहन्छ। जात, लिंग, नश्ल, वर्ण र रंगका आधारमा हुने बिभेदको सम्बोधन गर्न आरक्षणको कोटाको जागीर कि सबैलाई सर्वशुलब शिक्षा ?अबको बहस यो हुनुपर्छ।
मरुभूमिमा सोधिने प्रश्न
भाइ किन आयौं त बिदेश यो मरुभूमि भएको ठाउँमा भन्ने प्रश्न गर्दा उत्तर भनेकै नेपालमा नेपालमा जागीर पाइन् अनि आए। २०४६ सालपछि राज्य सत्ताले जबर्जस्त उधारीकरणको नाउँमा शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्यो। राज्य अन्तर्गतका कलकारखाना निजीकरण र ब्यापारी घरानाका भए त्यसपछि त झन चरम गरिबीको चरण सुरु भयो।
आर्थिक हैसियत राम्रै भएका केहीले त निजि विद्यालयमा पढे र केही गरे होला । सार्वजनिक विद्यालयमा गरिबहरु आउन त आए तर, शिक्षामा ब्यापार बढेर होला सामुदायिक विद्यालयबाट ज्ञान त परको कुरा नैतिक शिक्षा समेत पाउन मुस्किल परेको छ। राजनीतिक दलका नेताहरू अहिले गरिब मानव मुक्तिका लागि होइन, आत्मस्वार्थको होसियारीले उनीहरू चिच्याइरहेछन्।
नेपालमा जात नै वर्ग हो भनेर गरिएको बहसले अहिलेसम्म वर्ग पहिचान समेत हुन सकेन। त्यसैले जातीय आरक्षण आयो, यो न हट्छ न त बैज्ञानिक हुन्छ। हुन्छ त केवल बेठिक अभ्यासको पक्ष र विपक्षमा अर्थहीन बहस् । इतिहासदेखि संरचनात्मक बिभेदको जातोमा पिसिएका समुदाय (जाति, लिंग, वर्गलाई राज्यका संरचनामा समान सहभागिताका लागि आरक्षण दिनुपर्छ । तर यो पनि प्रष्ट हुनुपर्छ विभेद कुनै जाती समुदायले कुनै गरिब बर्गलाई र कुनै निश्चित बर्गले जातीलाई पनि गरेको होइन
राज्यको चरित्रले गरेको हो । नेपाल अपवाद होइन । जुन संसारभर छ। नेता हुँ भन्नेहरुको हठबाट जन्मेका यस्ता इच्छा धेरै खतरनाक छन्। मैले सुनेको थिएँ बुद्धि तिखारिएको हुन्छ । जतासुकै भाँडिएको होइन। तर, शक्ति र सुख भोग गर्ने इच्छा नै हाम्रा वर्तमान नेताको चेतना रहेछ । हाम्रा नेतासँग बुद्धि र विवेक भन्दा बढ्ता आवश्यकताहरू रहेछन्ज। सले उनीहरूलाई मूर्ख बनाइरहेछ। समाज रहेसम्म त्यहाँ सधैं कुनै न कुनै स्तरमा विरोधाभाष र विमति रहिरहने रहेछ। यस्को समाधानको लागि के तपाई सग केही उपाय छन कि ?