काठमाडाैं- नेकपा एमाले विभाजनको उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता शुरू भएको छ । काठमाडौंको नागपोखरीस्थित होटल मारियटमा वार्ता शुरू भएको हो ।
बुधबार नेकपा नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर पार्टी एकता जोगाउन आग्रह गरेका थिए । मंगलबार प्रधानमन्त्री ओलीले नेता नेपालसहित २७ जना सांसदहरुलाई सांसद पदबाट किन नहटाउने भनी स्पष्टीकरण सोधेका थिए ।
पार्टीलाई विधान, पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने माग नेपाल समूहको राखेको छ भने संस्थापन पक्षले विधिपद्धतिको ‘नक्कली कुरा’ गरेर समानान्तर गतिविधि र पार्टी हितविपरीत कार्य गरिरहेको आरोप ओली समूहले लगाउँदै आएको छ ।
ओलीले नेपाल समूहका नेतालाई कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि नेपाल समूहले नयाँ दल दर्ता गर्ने गृहकार्य अघि बढाएको थियाे । पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले नयाँ दल दर्ता, चुनाव चिह्न के राख्नेबारे आफू निकटका नेतासँग छलफल सुरु गरेका थिए ।