गाेरखा- देशभर कोरोना इमानसंक्रमणको जोखिम बढ्न थालेपछि जिल्ला भित्रका मठमन्दिरहरुमा नित्य पुजा बाहेका सवै पुजाआजामा रोक लगाइएको छ ।
मंगलबार बसेको जिल्ला स्तरीय कोरोना संकट ब्यबस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो । देशभर कोरोना संक्रमणको दोस्रो लहर फैलन थालेपछि जिल्ला भित्रका मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा स्वास्थ्य मापदण्ड पालना गर्ने गरि नित्य पुजा बाहेका पुजाआजामा रोक लगाएको हो ।
त्यस्तै जिल्ला भित्र रहेका सिनेमा हल, पार्टी प्यालेस, नाचघर, हेल्थ क्लव÷जिम खाना, फुटसल आमसभा लगायत मानिसहरुको भिडभाड हुने प्रकारका कार्यक्रमहरु पनि बन्द गर्ने निर्णय गरेको छ । सभा सम्मेलन, बैठक तालिम जस्ता क्रियाकलाप गर्दा समेत भौतिक दुरी कायम गरि बढीमा २५ जनासम्म सहभागी रहने गरि जनस्वास्थ्य मापदण्ड पालना गर्ने गरि सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ।
त्यस्तै, जिल्ला भित्र मेला महोत्सव, जात्रा पर्व, बिबाह, न्वारान, पास्नी ब्रतबन्ध, मलाली लगायत धार्मिक परम्परा र सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा समेत बढीमा २५ जना भन्दा बढी भेला हुन नपाउने वैठकले गरेको निर्णयमा उल्लेख छ ।