काठमाडाैं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकताबद्ध हुन आग्रह गरेका छन्। सबै शक्ति एक हुँदामात्र प्रतिगमनका विरुद्ध लड्न सकिने भन्दै उनले प्रतिगमनविराेधी अभियानमा एक हुन पनि आग्रह गरेका छन्।
लेनिन जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले पछिल्लो समय नेपालको कम्युनिस्ट आन्दोलनमा प्रतिगामी प्रवृत्ति देखापरेको बताएका छन्। कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले पार्टीभित्रका विकृति–विसंगतिलाई किनारा लगाउने उनको भनाइ छ।