बल्खुमा यस्तो बन्नेछ एमालेको अत्याधुनिक केन्द्रीय कार्यालय, ओलीले गरे शिलान्यास

काठमाडौं– नेकपा एमालेले बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको छ। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यालय भवनको शिलान्यास गरेका हुन्। मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेका स्थानमा बन्ने नयाँ केन्द्रीय कार्यालय भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ।