गाेरखा- तुवाँलोले गर्दा गोरखालीलाई निकै सास्ती सताईरकेको बेला लगातार ३ दिन पानी र हावा परेका कारण आजबाट गोरखाको आकासमा तुवाँलो हटेको छ ।
तुवाँलोले गोर्खालीको आँखा पोल्ने, नजिकको दृश्य पनि देख्न नसकिने भैरहेको बखत शुक्रबारबाट गोरखाको आकाश खुलेकाे छ । गोरखाको मनासलु हिमालमा हिउँहरु देखिन थालेका छन् भने गोरखाका डाँडाकाँडाहरु स्पष्ट देखिन थालेका र वातावरण स्पष्ट देखिन थालेकाे छ ।

तस्बिर : सुमन कार्कि/गाेरखा