काठमाडौं- नेकपा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठक आज (शुक्रबार) बस्दै छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा अहिले बिहान ११ बजे बस्ने भएको हो। आजको बैठकमा स्पष्टीकरण सोधिएका खनाल–नेपाल पका २७ सांसदलाई कारबाहीको निर्णय गरिने सम्भावना छ।
किनकि यसअघि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले उनीहरूले बुझाएको स्पष्टीकरण विश्लेषण गरेर थप कारबाही अगाडि बढाइने बताएका थिए। माधव नेपालसँग मेरिएट होटलमा दोस्रोपटक भएको वार्ता पनि असफल भएको भोलिपल्ट अध्यक्ष ओलीले बैठक राख्न लागेका हुन्।
अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसँग बुधबार साँझ र बिहीबार अपराह्न गरी दुईपटक वार्ता गरे पनि सहमति हुन सकेन भने बिहीबारै बेलुका उपाध्यक्ष वामदेव गौतमसँग गरेको ‘डिनर मिटिङ’ पनि असफल भएको परिस्थितिमा आज एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्न लागेको हो।