गाेरखा– नव वर्ष २०७८ सालको अवसर पारेर गोरखा समाज अस्ट्रेलियाले शुभकामना साँझ कार्यक्रम सहित संस्थाको चौंथो साधारण सभा सम्पन्न गरेको छ। वैशाख ११ गते सिड्नी स्थित मेरील्यांडमा आयोजित उक्त कार्यक्रमले प्रकाश बस्ताकोटीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमितिको चयन समेत गरेको छ ।
गोरखा तथा नेपालका विभिन्न भु-भागबाट हाल अस्ट्रेलिया आएर बसोबास गर्नूहुने नेपालीहरूको उल्लेख्य उपस्थित रहेको उत्त कार्यक्रमको अध्यक्षयता संस्थाका निवर्तमान अध्यक्ष त्रिलोचन पोखरेल, अस्ट्रेलियाका लागी नेपाली महावाणिज्यदूत दीपक खड्कालगायतको उपस्थित थिए।
संस्थाका सल्लाहकारहरु डिल्ली ढकाल र उमेश पन्तको नेतृत्वको निर्वाचन समितिले ऊपाध्यक्षमा आनन्द श्रेस्ठ, महासचिमा योगेन्द्र जोशी, सचिबमा रितु श्रेस्ठ, कोषाध्यक्षमा राजु पोखरेल तथा सहकोषाध्यक्ष्यमा कृष्ण भट्ट सहित नौ सदस्यहरू चयन गरेको छ । संस्थाको प्रबक्तामा रंजित ओन्त नियुक्त भएका छन्।
कार्यक्रममा एन.आर.एन.ए. अस्ट्रेलिया उपाध्यक्ष देव गुरुंग , सिड्नी साउथ वेस्ट नेपाली अध्यक्ष डा. देवेन्द्र सापकोटा लगायत अस्ट्रेलियामा रहेको विविध नेपाली संस्थाको प्रतिनिधिहरु उपस्थित थियाे ।
सपथ ग्रहण संगै गोरखा समाज अस्ट्रलियाका नव निर्वाचित अध्यक्ष वस्ताकोटीले अस्ट्रेलियामा बसोबास गर्ने गोरखालीहरुलाई अझ एकतृत गर्दै संस्थाको विस्तार तथा नयाँ नयाँ कार्यक्रमहरुमा जोड दिने बताउनू भएको छ।आफ़्नो भनाई राख़दै गोरखा समाज अस्ट्रेलिया भोलिको दिनमा पनि गोरखा तथा समग्र नेपालसंग सदा सर्वदा नजिकमा रहेर काम गर्ने जानाकारी दिए।
‘गोरखा समाज अस्ट्रेलिया’ सन २०१४ देखी नै अस्ट्रेलियामा बसोवास गर्नूहुने गोरखालीहरु मिलेर देखी संचालित संस्था हो । यस संस्थाले केही वर्ष यता श्रीमतभागवत् महापुराण- सप्ताह तथा गाईजात्रा जस्ता अस्ट्रेलियामा सफल र उत्कृष्ट कार्यक्रमहरूको नेतृत्व गर्दै आएको छ।