गोरखा- कोरोना संक्रमणको मध्यनजर गर्दै पालुङटार नगरपालिका भित्रका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । नगरपालिकाको साेमबार बसेकोे बैठकले विद्यालयमा विद्यार्थीको उपस्थितिमा अध्ययन अध्यापनमा गर्ने निर्णय गरेको हो ।
नेपाल सरकार कोभिड १९ संकट ब्यबस्थापन सञ्चालन केन्द्रको पत्र र बढ्दो कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि विद्यालयमा पठनपाठनमा गर्ने निर्णय भएको पालुटार नगरपालिकाद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।
देशैभरका विद्यालय अनिश्चितकालका लागि बन्द
कोरोना महामारी भयावह बन्दै गएको भन्दै सरकारले देशभरका विद्यालय अनिश्चितकालसम्मका लागि बन्द गराएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिसअनुसार अर्काे निर्णय नहुँदासम्म मुलुकभरकै शिक्षालय बन्द राख्ने निर्णय गरेको हो।
यसअघि भने सहर र संक्रमण बढी फैलिएका क्षेत्रका विद्यालय मात्र बन्द गरिएका थिए। अबदेखि सबै विद्यालयलाई भर्चुअल (अनलाइन) माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्न सरकारले निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए। त्यस्तै सबै प्रकारका परीक्षा स्थगन गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ।