काठमाडाैं- सेयर बजारमा लगातार दोस्रो दिन उच्च अंकको गिरावट आएको छ। कोरोना संक्रमण तीव्र बनेसँगै सरकारले लकडाउन गर्ने हल्ला चलेपछि हिजो (आइतबार) सेयर बजारमा उच्च अंकको गिरावट देखिएको थियो, जुन क्रमले सोमबार (आज) पनि निरन्तरता पायो।
साेमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६५.५८ अंकले घटेर २५०६.६२ विन्दुमा झरेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि दोहोरो अंकले घटेको छ। सेन्सेटिभ ११.२५ अंकले घटेर ४५२.८० विन्दुमा कायम भएको छ।
कूल २२० वटा कम्पनीका एक करोड २९ लाख ९१ हजार ७२१ कित्ता सेयर ८६ हजार ९२ पटक खरिद-बिक्री भई छ अर्ब ५९ करोड नाै लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।
विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ९.९९ प्रतिशतका दरले कमाएका छन्। रियायन्स फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ८.०६ प्रतिशतका दरले गुमाएका छन्।