सांक्रेतिक तस्बिर
गोरखा- कोरोना भाइरस संक्रमित एक युवाले आत्महत्या गरेका छन । गोरखा नगरपालिका वडा नं १४ याङ्कोटका ३६ वर्षीय सुब्बा उप्रेतीले मंगलवार होम आइसोलेसनमै आत्महत्या गरेका हुन ।
होम आइसोलेसनमा बसेको कोठामै सलको पासोमा झुण्डीएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ । भारतको फरिदाबादको एक कपडा उद्योगमा कार्यरत उनी चैत २६ गते गाेरखा आइपुगेका थिए ।
भारतबाटै आएका गाउँका एकजनाको मृत्यु भए पछि उनले पनि नमुना परीक्षण गराएकोमा गत बैशाख १० गते संक्रमण पुष्टि भएको थियो ।