काठमाठौं- नेकपा (माओवादी केन्द्र)ले जनता समाजावादी पार्टी तयार हुने बित्तिकै सरकार विरुद्ध अविश्वास प्रस्ताव आउने बताएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकका निर्णय सुनाउँदै नेता नारायणकाजी श्रेष्ठले भने–‘यो सरकारविरुद्ध हामी अविश्वास प्रस्ताव ल्याउन तमतयार छौं । जसपा सहमत हुने बित्तिकै दर्ता हुन्छ ।’
भोलि प्रस्ताव दर्ता हुन लागेको भन्ने खबर छ नि भन्ने प्रश्नमा श्रेष्ठले जसपा सहमत हुने बित्तिकै जतिबेला पनि अविश्वासको प्रस्ताव दर्ता हुने बताए । श्रेष्ठले नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार गठन गर्ने सन्दर्भमा एमसिसीबारे सम्झौता भएको भन्नेकुरा भ्रमपूर्ण मात्रै रहेको बताए ।
बैठकले कोरोना माहामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । महामारीप्रति संवेदनशील बन्न सरकारसँग गर्दै माओवादी केन्द्रले ननकोभिड र कोभिडका बिरामीलाई एउटै अस्पतालमा राख्नु उपयुक्त नहुने बताएको छ । त्यसका लागि ‘डेडिकेटेड कोभिड–१९ अस्पताल’ बनाउनु पर्ने माग माओवादी केन्द्रको