काठमाडौं- कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाबाट अति प्रभावित मुलुकसँगको हवाई सम्पर्क बन्द गर्न सिफारिस गरेको छ। भारत, टर्की लगायतबाट आउने उडानबाट उच्च जोखिम भएका कारण ती देशबाट आउने उडान रोक्न सिफारिस गरिएको हो।
उपप्रधानमन्त्रीको नेतृत्वमा गठित सीसीएमसीले केहि समयका लागि आन्तरिक उडानहरु पनि रोक्न सिफारिस गरेको छ।
सो सिफारिसलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ। सीसीएमसीले मिति भने तोकेको छैन। सीसीएमसीले हाल अस्पतालमा अक्सिजन लगायतका अत्यावश्यक सामग्रीहरुको अभाव भएको सम्बन्धमा समेत केहि महत्वपूर्ण निर्णय गरेको छ।
अक्सिजन उत्पादन, सिलिण्डर खरिद, आयात तथा आपूर्ति लगायतका पक्षलाई थप सहज बनाउने विषयमा पनि सीसीएमसीले निर्णय गरी सरकारलाई सिफारिस गरेको छ।