गाेरखा– दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय गाेरखाले भिमसेनथापा गाउँपालिका वडा नम्बर ७ र ८ बोर्लांङमा आज शनिबार राति १२ बजेदेखि निषेधाज्ञा जारी हुनेभएकाे छ ।
शनिबार बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकको निर्णय अनुसार यी क्षेत्रमा बैशाख २४ गतेसम्मका लागि प्रसासनले एक हप्ताका लागि निषेधाज्ञा जारी गरेकाे हाे ।
निषेधका आदेश जारी गरिएका ठाउँमा अत्यावश्यक बाहेकका कामका लागि सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाइएको छ। यस्तै, अत्यावश्यक बाहेकका सवारीका साधनहरु समेत सञ्चालन गर्न पाइने छैन। गृह मन्त्रालयका अनुसार शनिबार साँझसम्म २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।
गृह मन्त्रालयको अहिलेसम्मको विववरण अनुसार शनिबार साँझसम्म मुलुकका ७७ जिल्लामध्ये २२ जिल्ला पूर्णरुपमा र ७ जिल्ला आंशिक रुपमा बन्द गर्ने डीसीसीएमसीले निर्णय गरिसकेका छन् ।
याे पनि :
‘हट स्पट’ क्यामुन्टार : निषेधाज्ञा जारी गर्दै प्रशासनले भन्याे- उल्लंघन गरे कडा कारवाही गर्छौं
गोरखाकाे क्यामुन्टारका एकै गाउँका ३३ सहित ४३ जनामा कोरोना पुष्टि